कोटेश्वर भाटभटेनीमा एक जनाको शव फेला

98
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा एक व्यक्तिको अस्थिपञ्जर फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, रामेछापको खाडादेवी गाउँपालिका–६ घर भई ललितपुर, च्यासलमा बस्दै आएका २२ वर्षीय विकास रसाइलीको शव फेला परेको हो । शव नजिकै भेटिएको एनसेलको सिमकार्ड परीक्षण गर्दा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, उनी भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भाटभटेनीमा भएको आगजनी र लुटपाटका क्रममा त्यहाँ पुगेका थिए।

यसअघि पनि बौद्ध र चुच्चेपाटीस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाटका क्रममा एक व्यक्तिको ज्यान गएको घटना भएको थियो।