
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्रीले पाउने सेवा सुविधा नलिने भएका छन् ।
सोमबार मन्त्रीको सपथ लिएसँगै मन्त्री घिसिङ पदबहाली नगरी जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई भेट्न सुरुमा अस्पताल पुगेका थिए ।
त्यहाँबाट फर्किएपछि उनले मन्त्रालयमा पदभार ग्रहरण गरे । पदभार ग्रहणका क्रममा घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरे । पदभारग्रहणपछि मन्त्री घिसिङले तलबभत्ता, सुरक्षालगायत सुविधा नलिने बताए ।
उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने उनको भनाइ छ । त्यस्तै उनले आफूलाई माननीय नभन्न समेत आग्रह गरेका छन् ।








प्रतिक्रिया