
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सडकमा भेटेको रकम एक जनाले प्रहरीमा फिर्ता गरेका छन् ।
ललितपुर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३७ को सुरेश देउलाले राष्ट्रिय वाणिज्य बैंक नयाँ वानेश्वर लुटपाट हुँदा बाटोमा भेटेको भन्दै ५०० दरको नयाँ नोट ५ लाख र बाटोबाट टिपेको खुद्रा १० हजार ५०० रुपैयाँ फेला पारी जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको प्रहरीले जनाएको छ।
भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा दोस्रो दिन देशका विभिन्न क्षेत्रमा सरकारी र निजी भवनमा लुटपाट भएको थियो ।








प्रतिक्रिया