
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छन् ।
आइतबार पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग सरकारले गर्ने बताइन् ।
उनले व्यवसायीलाई जसरी उभिन्छौं उभिउ भन्न नमिल्ने बताइन् ।
‘व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि सिंहदरबार, संसद, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पत्तिदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पत्ति जलाउने काम भयो,’ प्रधानमन्त्री कार्कीले भनिन्,’ उनीहरुलाई हामीले जसरी उभिन्छौं, उभिउ भन्न मिल्दैन ।’
क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा उनले प्रशंसा गरिन्।
‘व्यक्तिको सम्पत्तिको क्षति भएर कतिपय व्यायापारी त अब उठ्नै नसक्ने अवस्थामा पुगे । त्यसैले त्यसमा पनि राज्यले विचार गर्छ । उनीहरुलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौं,’ उनले भनिन्, ‘कुन सहयोग दिने भन्नेमा हामी सोच्छौं । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौं । सानासाना व्यापारीहरु पनि लुटिएका छन् । आज मैले समाचार पनि पढेँ, धेरै ब्यापारीहरुले धेरै नोक्सानी भएको छ, हामी उठ्ने कोशिस गर्दैछौं भन्नुभएछ । हामी हार्दैनौं भन्नुभएको छ ।’







प्रतिक्रिया