बानेश्वर क्षेत्र तनावग्रस्त: कर्फ्यु लागेसँगै सेना सडकमा

623
Shares

फाइल तस्बिर

काठमाडौं । जेनजीको नेतृत्वमा भएको प्रदर्शन उग्र बनेपछि बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । कर्फ्यु जारी भएसँगै सेना परिचालन गरिएको छ ।

माइतीघरबाट आएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवनमा प्रवेश गरेका थिए भने प्रदर्शन उग्र बनेपछि प्रहरीले रबरको गोली चलाएको थियो ।

अवस्था जटिल बनेपछि काठमाडौं प्रशासनले कर्फ्यु लगाएको हो । संसद भवनभित्रसम्म प्रदर्शनकारी पुगेपछि र गेटमा आगोसमेत लगाएपछि स्थिति नियन्त्रण गर्न सेना समेत परिचालन गरिएको हो ।