विजय मेटल इन्डष्ट्रिजको व्यापार घट्यो

49
Shares

काठमाडौं । विजय मेटल इन्डष्ट्रिजको व्यापार गत आर्थिक वर्षमा घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ८ करोड १० लाख रुपैयाँले घटेको हो ।

कम्पनीले सन् २०२४ मा ६७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ भने ८ करोड १० लाख रुपैयाँले कम व्यापार भई व्यापार ५९ करोड ७० लाख रुपैयाँमा सिमित भएको छ । कम्पनीले सन् २०२३ मा ६४ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ८० करोड २० लाख रुपैयाँ र सन् २०२१ मा ६१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको सन् २०२५ को ९ महिनाको तथ्याङ्कअनुसार व्यापार गरेकोमध्ये ७२ प्रतिशत कपरबाट भएको उल्लेख छ ।

विजय मेटल इन्डस्ट्रीजका उत्पादनको ७५ प्रतिशत कच्चा पदार्थ स्थानीय बजारबाट प्राप्त हुने हुँदा कम्पनीले भन्सार शुल्कको फाइदा उठाउँदै आएको छ । यद्यपि, आवश्यक कच्चा पदार्थको २५ प्रतिशत भारतीय बजारबाट आयात गर्ने भएकाले आपूर्ति सञ्जालमा जोखिम पनि कायम छ ।

सन् १९९९ मा स्थापना भएको कम्पनी मेटल क्षेत्रको सबैभन्दा ठूलो कम्पनीका रुपमा परिचित छ । कम्पनीले मेटल रिसाइकल र उत्पादन गर्दै आएको छ । कम्पनीले परम्परागत ब्रोन्ज युटेन्सिल, कपर युटेन्सिल, ब्रास युटेन्ली, अल्मोनियम युटेन्सिल, मेटल ह्यान्डिक्राफ्ट र अन्य सामग्रीको व्यापार गर्दै आएको छ ।

कम्पनीको अर्को सहायक कम्पनी पनि छ । कम्पनीले मेटल सामग्री उत्पादन गर्ने गरी विनोद मेटल इन्डष्ट्रिज निर्माण गरिरहेको छ । कम्पनीले वार्षिक ४ हजार ६६ मेट्रिक टन उत्पादन क्षमता गर्ने लाइसेन्स पाएको छ ।

कम्पनीमा केएल बैद, शारदा बैद र विमल सिद्धार्थ बैदको स्वामित्व रहेको छ । कम्पनीले उत्पादन सामग्री शालिमार र भीएमआई ब्रान्ड बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८५ करोड ४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १२ करोड ७९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७२ करोड २५ लाख रुपैयाँको रेटिङ गराएको हो ।