
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज (शुक्रबार) फेरि नयाँ रेकर्ड राखेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिनको तुलनामा यो २५ सय रुपैयाँले बढी हो।
बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । एक साताभित्र मात्र सुनको मूल्य करिब १० हजार रुपैयाँले बढेको छ । गत शुक्रबार सुनको मूल्य २ लाख ६ सय रुपैयाँमा सीमित थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २४८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँले बढेर २४९० रुपैयाँमा पुगेको छ । यो मूल्य समेत हालसम्मकै उच्च हो ।







प्रतिक्रिया