चाँदीमा घातक क्याडमियम मिसावट, आधिकारिक स्थानबाट मात्र खरिद गर्न आग्रह

1.5k
Shares

काठमाडौं । पछिल्लो समयमा अवैद्य रुपमा नेपालमा आयात भइरहेको चाँदीमा घातक रसायन क्याडमियम मिसाइएको पाइएको छ ।

अवैध रुपमा आयात भएको चाँदीको दाना र त्यसबाट निर्माण भएका विभिन्न प्रकारका गहनामा घातक रसायन क्याडमियम पाइएको भन्दै गोल्ड एण्ड सिल्भर इम्पोटर्स एशोसिएसन अफ नेपालले त्यस्ता गहना खरिद नगर्न आग्रह गरेको छ ।

उक्त संस्थाले सूचना जारी गर्दै चाँदीमा उक्त घातक रसायन मिसावट भएको पाइएको बिषयमा उजुरीहरु प्राप्त भएकाले आधिकारिक आयातकर्तााबाट बैद्य रुपमा आयात भएको चाँदी खरिद गर्न, अनलाइन विलिङ र भीसीटीएस भएको सामान मात्रै खरिद गर्न र खरिद गरेको सामान बैंकिङ प्रणालीमार्फत खरिद गर्न आग्रह गरेको हो ।

केहि साताअघि मात्रै सिराहा बजारमा चाँदीको गहनामा यस्तै प्रकारको समस्या पाइएको थियो । स्थानीय जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेर मिसावट गरेका व्यवसायीमाथि कार्वाही गर्दा सुन चाँदी व्यवसायीहरुले उक्त कार्वाहीको बिरोध गर्दै आन्दोलनसमेत गरेका थिए ।