३० करोडको लगानीमा ठमेलमा खुल्यो ‘एक्स ओ’ नाइट क्लब

5.4k
Shares

काठमाडौंको ठमेलमा विश्वस्तरको ‘एक्स ओ क्लब’ सञ्चालनमा आएको छ । करिब ३० करोड रुपैयाँको लगानीमा बनेको यो क्लबलाई नेपालकै नाइट लाइफ क्षेत्रमा नयाँ अध्यायको रूपमा लिइएको कम्पनीको दाबी छ ।

क्लबको औपचारिक उद्घाटनअघि नै ‘आफ्टरआवोर्स’सँग मिलेर गरिएको अन्डर–कन्स्ट्रक्सन पार्टीमार्फत काठमाडौँमा पहिलो पटक विश्वस्तरीय क्लबको झलक दिएको कम्पनीले जनाएको छ ।

नेपालमै पहिलो पटक यो क्लबमा विश्वप्रसिद्ध एड्म्सन स्पिकर जडान गरिएको छ, जसलाई क्यानडाबाट आएका कार्लोस सालाबेरीले आफैं ट्युन गरेका हुन् ।

अत्याधुनिक लाइटिङ, साउण्डप्रुफिङ र प्रविधिमार्फत यहाँ आउने संगीतप्रेमीलाई पूर्णतया डुबाउने अनुभव दिने उद्देश्य राखिएको क्लब व्यवस्थापनले जनाएको छ ।

एक्स ओ क्लबको प्राविधिक पक्षसँगै यसको सञ्चालनमा संलग्न टोली पनि उच्च स्तरको रहेको बताइएको छ । टिम एक्सएलका संस्थापक शशिन्द्र चित्रकारको नेतृत्वमा बनेको यस परियोजनामा प्रोजेक्ट स्टुडियो प्रोडक्सनका संस्थापक तथा ख्यातिप्राप्त अडियो इन्जिनियर विनय अमात्य सक्रिय रूपमा संलग्न छन् ।

करिब १०० जनाभन्दा बढी जनशक्तिको सहभागितामा तयार गरिएको एक्स ओ क्लबलाई अन्तर्राष्ट्रिय स्तरकै सेवा र अनुभव दिने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।