मुम्बईबाट आएको विमान आकाशमा फन्को मार्दै

805
Shares

काठमाडौं । भारतको मुम्बईबाट आएको इन्डिगो एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ‘ओभरसुट’ भएको छ ।

मंगलबार दिउँसो २ बजेर ९ मिनेटमा अवतरण गर्ने तालिका भएपनि अवतरण प्रक्रिया पूरा नहुँदा विमानलाई आकाशमै फन्को लगाइएको हो ।

इन्डिगो एयरको फ्लाइट नम्बर ६ई ११५७ समयमै काठमाडौं आइसके पनि आकाशमा होल्ड भएको हो ।
फ्लाइट र्‍याडरका अनुसार अब विमान अवतरण तर्फ अघि बढेको छ ।