‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’को दसैंतिहार अफर घोषणा, ग्राहकलाई ३०%सम्म छुट

588
Shares

काठमाडौं। पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सले दसैंतिहार अफर सार्वजनिक गरेको छ । काठमाडौंको भेडासिंह चोक नजिकै रहेको पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सले आउँदै गरेको दसैं तथा तिहारमा ग्राहकलाई विशेष छुट उपलब्ध गराउने उद्देश्यले दसैंतिहार अफर घोषणा गरेको हो ।

सञ्चालकका अनुसार दसैं र तिहारको अवसरमा दौरा, सुरुवाल, कोट र टोपी खरिद तथा सर्टिङ सुर्टिङमा ३० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । साथै कुर्था, सुरुवाल, ज्वारीकोटमा २५ प्रतिशतसम्म छुट हुने कम्पनीले जानकारी दिएको छ ।

काठमाडौंको भेडासिंह चोकबाट परम्परागत नेपाली पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित यो ब्रान्डले इन्द्रचोकमा रहेको आउटलेटबाट पनि ग्राहकलाई छुट दिने भएको हो । दुइटै आउटलेटबाट ५ वटा सेट दौरा सुरुवाल खरिदमा १ सेट फ्रि उपलब्ध गराउने पनि कम्पनीले जानकारी दिएको छ ।

साथै, परिवारका लागि सामूहिक खरिद गर्दा थप १ जोडी दौरा–सुरुवाल निःशुल्क दिने योजनासमेत ल्याइएको कम्पनीको भनाइ छ । कम्पनीको उक्त अफर यही भदौ २० गतेदेखि कार्तिक १५ गतेसम्म लागू हुनेछ ।

सञ्चालकका अनुसार उक्त छुटको मुख्य उद्देश्य परम्परागत नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनका साथै चाडपर्वमा परिवारलाई एकै स्वरूपमा सजिन सहज बनाउने रहेको छ ।

विगत करिब २ दशकदेखि भेडासिंह चोकमै सञ्चालित आउटलेटबाट बच्चाको पास्नीका लुगा, फ्यामिलि सेटहरु, गुन्यू चोलो, बेहुला सेट, लेडिज सुटका साथै सर्टिङ सुर्टिङका वस्तु खरिदको सेवा लिन सकिन्छ । साथै सरकारी कर्मचारीको ड्रेस (सुट) एकदमै सस्तोमा उपलब्ध गराइने कम्पनीले बताएको छ ।

सीमित अवधिका लागि निजामित, सार्वजनिक संस्थानका कर्मचारीलगायतको ड्रेस (कोट, पाइन्ट, शर्ट, टाई सहितको सेट) ७ हजार ५ सय रूपैयाँमै उपलब्ध हुने कम्पनीको भनाइ छ । कम्पनीको फेसबुक पेज तथा सम्पर्क नम्बर, सोही नम्बरमा रहेको ह्वाट्सअप, भाइबरबाट समेत आफूलाई चाहिएको समान अर्डर गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।