
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले श्री दिव्य ज्योति हाइड्रोपावर प्राइभेट लिमिटेडको शतप्रतिशत शेयर किनेको छ । १० अर्ब रुपैयाँ लागत लाग्ने ५० मेगावाट बिजुली उत्पादन क्षमताको मर्स्याङ्दी बेसी हाइइड्रोपावर परियोजना किनिएको अपी पावरका अध्यक्ष संजिब न्यौपानेले बताए ।
उक्त कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग मिति २०७५ भदौ १० मा विद्युत खरिद सम्झौता गरेको थियो । प्राधिकरणबाट उत्पादन अनुमति लिई लमजुङको बेसीसहरमा सञ्चालित मस्र्याङ्दी नदीमा रन अफ रिभर प्रकारको परियोजना निर्माणको प्रक्रियामा थियो ।
अपी पावर कम्पनी लिमिटेडले खरिद गरी दिव्यज्योती हाईड्रो पावर लिमिटेड लाई, प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिवर्तन गर्ने भएको छ । कम्पनीले १० अर्ब रुपैयाँ लगानी जुटाउन प्रक्रिया थालिसकेको छ ।

दिव्यज्योती हाइड्रो पावर प्रालिमा शतप्रतिशत स्वामित्व रहेको अपी पावर कम्पनीले मस्र्याङ्दी बेसी हाइइड्रोपावर परियोजना विकासका लागि आवश्यक ५१ प्रतिशत इक्विटी लगानी गर्छ । ६.२ किलोमिटर लामो टनेलमार्फत भर्टिकल एक्सिस पेल्टन टर्बाइनका दुई युनिटहरू (प्रत्येक) २५ मेगावाट क्षमताका ७०-८० m3/sec (घनमिटर/सेकेन्ड)को डिजाइन डिस्चार्ज र ९२ मिटर हेडमा ५० मेगावाट पावर उत्पादन गर्न डिजाइन गरिएको छ । उक्त आयोजना ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको अपीका अध्यक्ष न्यौपानेले बताए । उनले दशैं लगत्तै निर्माण सुरु गर्ने जानकारी दिए।
अपी पावर नेपालका अग्रज ऊर्जा उद्यमी गुरु प्रसाद न्यौपानेले नेतृत्व गरेर स्थापित गरेको कम्पनी हो । अपी पावरले विभिन्न हाइड्रोपावर, सोलार र अन्य पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएका छन् ।








प्रतिक्रिया