
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य १ हजार २०० रुपैयाँले बढ्दै अहिलेसम्मकै सबैभन्दा महँगो भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ६ सय रुपैयाँ तोकिएको छ । बिहीबार, एक तोला सुन १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघिको दिन, अर्थात् बिहीबार, एक तोला सुन १ लाख ९९ हजार ४०० रुपैयाँ र चाँदी २ हजार ३५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।







प्रतिक्रिया