९४ वर्षको उमेरमा भेट्रान बैंकर बिके (बिष्णुकृष्ण) श्रेष्ठको निधनपछि, उनका नाममा रहेको करिब डेढ अर्ब बराबरको एभरेष्ट बैंकको सेयर बकसपत्रअनुसार छोरी प्रतिमा श्रेष्ठलाई दिनुपर्ने भयो । तर, प्रतिमाको नाममा पहिल्यै १४.७७% सेयर भएकाले बुबाको ९.१८% थपिँदा उनको स्वामित्व २३.९५% पुग्ने थियो, जुन बाफियाले तोकेको १५% को सीमा विपरीत पर्थ्यो ।
राष्ट्र बैंकले सुरुमा कानुनी अड्चनका कारण नामसारी रोके पनि सर्वोच्च अदालतको अघिल्लो फैसला र संविधानमा तोकिएको सम्पत्ति अधिकारलाई आधार मानेर समाधान खोज्यो । समाधानस्वरूप, प्रतिमाले आफ्नै सेयर क्रमशः बेच्दै जाने र त्यसअनुसार मात्र बुबाको नाममा रहेको सेयर ट्रान्स्फर हुँदै जाने व्यवस्था गरिएको छ, ताकि १५% सीमा ननाघोस् ।
भिडियोः







प्रतिक्रिया