
काठमाडौं । आईपीओ ल्याउने तयारीमा रहेको श्री डिस्टिलरीको व्यापार ३० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ३० प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा १८ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा २३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले सन् २०२३ मा ८ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९८६ मा दर्ता भएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ ।
लगानीकर्ताको आफ्नै १० विघा जग्गाको क्षेत्रफलमा निर्माण गरेको उद्योगले मदिरा उत्पादन गर्न लाइसेन्स लिएको छ ।
कम्पनीले ७० युपी र ५० युपी सेग्मेन्टको मदिरा उत्पादन गर्न लाइसेन्स पाइएको हो ।
कम्पनीले वार्षिक १७ लाख केस उत्पादन गर्न सक्ने क्षमता रहेको जनाएको छ । कम्पनीले वार्षिक ८ हजार किलोलिटर स्पिरिट उत्पादन गर्दै आएको छ ।
कम्पनीले माउन्ट एभरेष्ट र गोर्खाली रम ब्रान्डको मदिरा उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
देशभर १ सय १२ वटा मदिरा उद्योगले लाइसेन्स लिएको छ । तर, त्यसमध्ये ८ वटा उद्योगले बजार कब्जा गरेको छ । त्यस्तै, सन् २०२१ मा कम्पनीको व्यवस्थापन परिवर्तन गरेको छ । जसले कम्पनीको व्यापार बढ्ने अपेक्षा गरेको छ ।
कम्पनीले अहिले कम युपी सेग्मेन्टको मदिरा उत्पादन गर्नेमा जोड दिएका छन् । कम्पनीले ४० युपी, ३० युपी र २५ युपी स्पिरिटको मदिरा उत्पादन सुरु गरेको छ । उक्त सेग्मेन्टको उत्पादनसँगै व्यापार बढ्ने अनुमान गरेको छ ।
कम्पनीले हाल उत्पादन गरेको मदिरामध्ये माउन्ट एभरेष्ट ब्रान्डबाट उच्च व्यापार हुने गरेको जनाएको छ ।







प्रतिक्रिया