काठमाडौंमा भीषण वर्षाले विमान अवतरण हुन सकेनन्, आकाशमा फन्का मार्दै

5k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा केही समयदेखि परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरू अवतरण गर्न नसकी आकाशमै होल्ड भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, पानी परेकाले भिजिविलिटी कम भएको हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू होल्डमा राखिएका छन् ।

यसबीच, कतार एयरवेयजको दोहाबाट काठमाडौँ आएको विमान र दिल्लीबाट काठमाडौँ आएका भिस्टारा उडानसहित पाँचभन्दा बढी आन्तरिक उडानहरू पनि अवतरण गर्न नसकेर आकाशमै होल्डमा रहेका छन् ।

विमानहरु लाहान, गढीमाइ, उदयपुर, वीरगञ्ज, निजगढको आकाशमा फन्को मारिरहेका छन् । भद्रपुरबाट काठमाडौं आएको बुध्दको जहाजले गढीमाई कलैया आकाशमा ५ फन्का मारिसकेको छ ।