थप ८० मेगावाट विद्युत् निर्यातका निम्ति भारतको सहमति

315
Shares

काठमाडौं । भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप ८० मेगावाट विद्युत् खरिदका निम्ति सहमति प्रदान गरेको छ ।

भदौ ५ (बिहीबार) भारतले मेवाखोलाको ४८.५ र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट बिजुलीका निम्ति अनुमति प्रदान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

वाइल्याटरल सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि भएको प्राधिकरणले जनाएको छ ।

भारतले यसअघि नै १ हजार १०.९ मेगावाट विद्युत् खरिदका निम्ति सहमति प्रदान गरिसकेको छ । थपिएको ८० सहित भारतमा कुल बिजुली निर्यात क्षमता १ हजार ९०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

नेपालले बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । यी सबै गरेर कुल निर्यात स्वीकृत ११ सय ३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।