राष्ट्र बैंकले सवारीसाधनलाई अनुत्पादक क्षेत्र मानेको भए २ खर्ब कर्जा प्रवाह हुँदैन थियो: पौडेल

490
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले राष्ट्र बैंकले सवारीसाधनलाई अनुत्पादक क्षेत्र मानेको भए यसमा २ खर्ब कर्जा प्रवाह नहुने बताएका छन् ।

बिहिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले सवारीसाधनलाई अनुत्पादक क्षेत्र मान्ने काम नगरेको बताएका हुन् ।

‘अटो क्षेत्रका लागी बैंक तथा वित्तीय क्षेत्रले मात्रै कर्जा प्रवाह गर्दैन । अटो क्षेत्रको हायर पर्चेजका लागि राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिदै आएको छ । यसरी, सबै बैंक तथा वित्तीय क्षेत्र र हायर पर्चेज कम्पनीबाट करि २०० अर्ब कर्जा यसमा गएको छ,’ पौडेलले भने । उनले यसरी हेर्दा राष्ट्र बैंकले अटो क्षेत्रलाई अगाडि बढाउन निरन्तर काम गरिरहेको पनि बताए ।

कार्यक्रममा नाडाका पूर्व अध्यक्ष कृष्णप्रसाद दुलालले अटो मोबाईल क्षेत्रप्रति धारणा बनाउनु अगाडि हामीले यसको सम्भावना र बजार अवस्था कस्तो छ भनेर बुझ्नुपर्ने बताए।

अटो मोबाइल क्षेत्र सबभन्दा सुरक्षित किसिमको व्यवसाय हो । सबैको घरघरमा यातायातका सवारीसाधन हुनुपर्छ भन्ने कुरा हामीले गर्दै आएका छौं । तीन करोड जनसंख्या रहेकोमा हामी आज सबै गरेर ३ लाख सवारीसाधन हुँदा पनि बढी भएको भन्ने हल्ला गरिरहेका छौं,’ उनले भने, अहिले अटो क्षेत्रको सबैभन्दा चुनौतीको विषय भनेको लोन टू भ्यालु रेसियो हो । यसलाई सहज बनाउदै जानुपर्ने अवस्था छ ।’

उनले विदेशमा गाडिका लागि एक प्रतिशत लोन टू भ्यालु रेसियो बुझाउदा पुग्छ भने हाम्रोमा भने हामीले ४०/६० तथा २०/८० भन्दै आएकोमा सुधार स्पर्धा बताए । यसलाई समायोजन र पुनरावलोकन गर्ने काम नियामक निकायले गर्नुपर्ने उनको भनाइ छ।