अर्थ मन्त्रालयमा ‘सरुवा’ आतंक, एक सातामै ८० कर्मचारीको जिम्मेवारी फेरियो

1.2k
Shares

काठमाडौं । मुलुकमा दुई ठूला दलहरूको नेतृत्वमा सरकार बनेको एक वर्षभन्दा बढी भएको छ। स्थिर सरकार बनाउने भन्दै दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाए पनि कर्मचारी प्रशासनमा भने चरम अस्थिरता देखिएको छ। स्थायी सरकारका रूपमा मानिने कर्मचारी प्रशासनलाई शक्तिशाली सरकारले अस्थिर बनाएको छ। पछिल्लो एक सातामै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी पाएको अर्थ मन्त्रालयभित्र सरुवा आतंक चलेको छ।

एक सातामै अर्थ मन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरूको सरुवा हुँदा कुन कर्मचारी कति बेला कहाँ पुग्ने हो भन्ने भयमा अर्थका अधिकारीहरू छन् । अर्थ मन्त्रालय मातहतका कर्मचारीको सरुवामा अर्थमन्त्री विष्णु पौडेलले ध्यान केन्द्रित गरेका छन् । मन्त्रालय मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको एक सातामै पौडेलले ६८ जना उपसचिवको सरुवा गरेका छन् ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उनको ठाउँमा काजीबाबु कोइरालालाई पठाइएको छ । कोइराला त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रूपमा कार्यरत थिए। अर्थमन्त्री पौडेलले ढुंगानासहित विभिन्न कार्यालयका १३ जनालाई मन्त्रालयमा तानेका छन् । मन्त्री पौडेलले साउन ३० गते भन्सार विभागका महानिर्देशकसहित एक दर्जन सहसचिवको जिम्मेवारी हेरफेर गरेका थिए ।

सरकार बनेको १ वर्षमा अर्थमन्त्री पौडेलले भन्सार विभागमा चार जना महानिर्देशक फेरिसकेका छन् । पौडेल अर्थमन्त्री भएपछि उनले नै महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखका रूपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बनाएर पठाएका छन् ।

पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डीराज निरौला थिए। पौडेलले निरौलालाई एक महिनामै हटाए । निरौलालाई तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाएका थिए । पौडेलले निरौलाको स्थानमा ६ भदौ २०८१ मा हरिशरण पुडासैनीलाई महानिर्देशक बनाएका थिए । तर, पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिएनन्। पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो ।

मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमा तानिएको छ। भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएका पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई दिएका छन् ।

भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाएका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेका छन्। त्यस्तै सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरेर उनको ठाउँमा सह- महालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीलाई सरुवा गरिएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलीपकुमार गौतमलाई ठूला करदाता कार्यालयमा सरुवा गरिएको छ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ मध्यमस्तरीय करदाता कार्यालय पुगेका छन् भने अर्थमन्त्री पौडेलले मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारी सुमन दाहाललाई दिएका छन्। यसअघि यो महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाल थिए।

बजेट कार्यान्वयनको सुरुवातमै कर्मचारी तन्त्रमा अस्थिरता चरम रूपमा बढ्दा बजेट कार्यान्वयनमा धक्का पुग्ने अवस्था बढेको छ। बारम्बार कर्मचारी हेरफेर हुँदा सरकारले लिएका लक्ष्य भेट्न कठिन हुने र बजेट, कार्यक्रम तथा योजनाहरू कार्यान्वयनमा समेत ठूलो असर पर्न सक्ने जानकारहरूको बुझाइ छ ।

अर्थमन्त्रालयका को कर्मचारी कहाँ पुगे ?

अर्थ मन्त्रालय तथा अन्तर्गतका निकायहरुमा सहसचिवहरुको सरुवा तथा पदस्थापन विवरण
कर्मचारीकोनाम,थरहालको निकाय/पदसरुवा तथा पदस्थापन
श्री सुमन दाहालअर्थ मन्त्रालयवा अन्तर्गत,सहसचिवअर्थ मन्त्रालय, सहसचिव(बजेट तथा कार्यक्रम महाशाखा)
श्री टंक प्रसाद पाण्डेअर्थ मन्त्रालयवा अन्तर्गत,सहसचिवअर्थ मन्त्रालय, सहसचिव(योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा)
श्री महेश भट्टराईभन्सार विभाग,महानिर्देशकअर्थ मन्त्रालय, सहसचिव(आर्थिक नीति विश्लेषण महाशाखा)
श्री श्याम प्रसाद भण्डारीअर्थ मन्त्रालय,सहसचिवभन्सार विभाग, महानिर्देशक
श्री टंकनाथ लम्सालअर्थ मन्त्रालयवा अन्तर्गत,सहसचिवत्रिभुवन विमानस्थल भन्सार कार्यालय,प्रमुख भन्सार प्रशासक
श्री भरत मणी पाण्डेअर्थ मन्त्रालयवा अन्तर्गत,सहसचिवभन्सार विभाग,उपमहानिर्देशक
श्री दिपक लामिछानेवीरगन्ज भन्सार कार्यालय,प्रमुख भन्सार प्रशासकमहालेखा नियन्त्रक कार्यालय,सहमहालेखा नियन्त्रक
श्री रमेश अर्यालठूला करदाता कार्यालय,प्रमुख कर प्रशासकआन्तरिक राजस्व विभाग,उपमहानिर्देशक
श्री जनकराज शर्माभन्सार विभाग,उपमहानिर्देशकआन्तरिक राजस्व विभाग,उपमहानिर्देशक
श्री दिलिप कुमार  गौतमत्रिभुवन विमानस्थल भन्सार कार्यालय,प्रमुख भन्सार प्रशासक ठूला करदाता कार्यालय,प्रमुख कर प्रशासक
श्री पदम कुमार श्रेष्ठआन्तरिक राजस्व विभाग,उपमहानिर्देशकमध्यमस्तरीय करदाता कार्यालय,प्रमुख कर प्रशासक
श्री विष्णु प्रसाद ज्ञवालीमहालेखा नियन्त्रक कार्यालय,सहमहालेखा नियन्त्रक वीरगन्ज भन्सार कार्यालय,प्रमुख भन्सार प्रशासक

उपसचिव सरुवा

कर्मचारीकोनाम,थरहालको निकाय/पदप्रस्तावित निकाय
विमल सापकोटाठुला करदाता कार्यालयप्रमुख कर अधिकृतअर्थ मन्त्रालय
जीवनाथ ज्ञवालीमध्यमस्तरीय करदाता कार्यालयप्रमुख कर अधिकृतअर्थ मन्त्रालय
हरिश्चन्द्र ढकालमध्यमस्तरीय करदाता कार्यालयप्रमुख कर अधिकृतअर्थ मन्त्रालय
राजु प्रसाद प्याकुरेलआन्तरिक राजस्व कार्यालय, त्रिपुरेश्वरप्रमुख कर अधिकृतअर्थ मन्त्रालय
युवराज श्रेष्ठआन्तरिक राजस्व कार्यालय, बत्तिसपुतलीप्रमुख कर अधिकृतअर्थ मन्त्रालय
गोविन्द राज आचार्यआन्तरिक राजस्व कार्यालय, नयाँबानेश्वरप्रमुख कर अधिकृतअर्थ मन्त्रालय
आशा कुमारी शाहभन्सार जाँचपास परीक्षण कार्यालयनिर्देशकअर्थ मन्त्रालय
अर्जुन ढकालअर्थ मन्त्रालय वा अन्तर्गतउपसचिवअर्थ मन्त्रालय
विश्व बन्धु पौडेलआन्तरिक राजस्व विभागनिर्देशकअर्थ मन्त्रालय
मित्रलाल अधिकारीमध्यमस्तरीय करदाता कार्यालयप्रमुख कर अधिकृतअर्थ मन्त्रालय
श्याम दाहालअर्थ मन्त्रालय वा अन्तर्गतउपसचिवअर्थ मन्त्रालय
कमला खरेलआन्तरिक राजस्व कार्यालय, टंगालप्रमुख कर अधिकृतअर्थ मन्त्रालय
राजेन्द्र ढुङ्गानावीरगन्ज भन्सार कार्यालयप्रमुख भन्सार अधिकृतअर्थ मन्त्रालय
गगन बहादुर वि.के.आन्तरिक राजस्व कार्यालय, कोटेश्वर (महावाणिज्य दुतावास कोलकातामा सरुवाको लागि सा.प्र.मा सिफारिश गरिएको)प्रमुख कर अधिकृतअर्थ मन्त्रालय वा अन्तर्गत
गौरीशंकर उपाध्यायअर्थ मन्त्रालयउपसचिवआन्तरिक राजस्व कार्यालय कालिमाटी
मुक्ति प्रसाद श्रेष्ठभन्सार विभागनिर्देशकआन्तरिक राजस्व कार्यालय कावासोती
अर्जुन न्यौपानेत्रि.वि. स्थल भन्सार कार्यालयउपसचिवआन्तरिक राजस्व कार्यालय कोटेश्वर
प्रेम प्रकाश शाहीकर्णाली प्रदेशउपसचिवआन्तरिक राजस्व कार्यालय गल्छी
कमल लामिछानेआन्तरिक राजस्व विभागनिर्देशकआन्तरिक राजस्व कार्यालय चावहिल
सुनिल कुमार यादवअर्थ मन्त्रालयउपसचिवआन्तरिक राजस्व कार्यालय ठमेल
मुकुन्द पोखरेलसार्वजनिक ऋण व्यवस्थापन कार्यालयउपसचिवआन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर
नारायण प्रसाद भण्डारीभन्सार जाँचपास परीक्षण कार्यालयप्रमुख भन्सार परीक्षकआन्तरिक राजस्व कार्यालय दमौली
डिल्ली राज लेखकसार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रवरिष्ठ प्रशिक्षकआन्तरिक राजस्व कार्यालय धनगढी
कर्ण प्रसाद तिमिल्सिनाअर्थ मन्त्रालय वा अन्तर्गतउपसचिवआन्तरिक राजस्व कार्यालय बत्तिसपुतली
मौसम  ढुंगेलअर्थ मन्त्रालयउपसचिवआन्तरिक राजस्व कार्यालय धरान
रमेश शर्माअर्थ मन्त्रालयउपसचिवआन्तरिक राजस्व कार्यालय नयाँवानेश्वर
शिव प्रसाद ढुंगानाआर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेशउपसचिवआन्तरिक राजस्व कार्यालय पोखरा
केशव कुमार उप्रेतीअर्थ मन्त्रालयउपसचिवआन्तरिक राजस्व कार्यालय बिराटनगर
श्री गोपाल बहादुर थापाआन्तरिक राजस्व विभागनिर्देशकआन्तरिक राजस्व कार्यालय भद्रपुर
डम्बर बहादुर गुरुङ्गत्रि.वि. स्थल भन्सार कार्यालयप्रमुख भन्सार अधिकृतआन्तरिक राजस्व कार्यालय, टंगाल
शिव कुमार राईत्रि.वि. स्थल भन्सार कार्यालयप्रमुख भन्सार अधिकृतआन्तरिक राजस्व कार्यालय, ल.पु.-१
यम राज पाण्डेआन्तरिक राजस्व कार्यालय, कालिमाटीप्रमुख कर अधिकृतआन्तरिक राजस्व विभाग
राजकुमार अधिकारीआन्तरिक राजस्व कार्यालय, चावहिलप्रमुख कर अधिकृतआन्तरिक राजस्व विभाग
कृष्ण चन्द्र काफ्लेआन्तरिक राजस्व कार्यालय, भद्रपुरप्रमुख कर अधिकृतआन्तरिक राजस्व विभाग
बुद्धि प्रसाद आचार्यआन्तरिक राजस्व कार्यालय, धरानप्रमुख कर अधिकृतआन्तरिक राजस्व विभाग
गणेश प्रसाद नेपालठुला करदाता कार्यालयप्रमुख कर अधिकृतआन्तरिक राजस्व विभाग
राम बहादुर के.सी.ठुला करदाता कार्यालयप्रमुख कर अधिकृतआन्तरिक राजस्व विभाग
बसन्तराज तिवारीमध्यमस्तरीय करदाता कार्यालयप्रमुख कर अधिकृतआन्तरिक राजस्व विभाग
शिव शर्माआन्तरिक राजस्व कार्यालाय, पोखराप्रमुख कर अधिकृतआन्तरिक राजस्व विभाग
खगेन्द्र वर्देवाअर्थ मन्त्रालय वा अन्तर्गतउपसचिवआन्तरिक राजस्व विभाग
ऋषिराम पोखरेलमध्यमस्तरीय करदाता कार्यालयप्रमुख कर अधिकृतआन्तरिक राजस्व विभाग
नारायण प्रसाद रेग्मीभन्सार विभागनिर्देशकठूला करदाता कार्यालय
तीर्थ राज बरालअर्थ मन्त्रालयउपसचिवठूला करदाता कार्यालय
सीता बर्तौला कोइरालाआन्तरिक राजस्व विभागनिर्देशकठूला करदाता कार्यालय
संगिता घिमिरे सुवेदीआन्तरिक राजस्व विभागनिर्देशकठूला करदाता कार्यालय
अम्विका खनालअर्थ मन्त्रालयउपसचिवठूला करदाता कार्यालय
उषा पोखरेलचोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयप्रमुख भन्सार अधिकृतठूला करदाता कार्यालय
राम प्रमोद यादवअर्थ मन्त्रालयउपसचिवठूला करदाता कार्यालय
धन बहादुर बरुवालसुख्खा बन्दरगाह भन्सार कार्यालय,प्रमुख भन्सार अधिकृतत्रि.वि. स्थल भन्सार कार्यालय
ललिता ज्ञवालीत्रि.वि. स्थल भन्सार कार्यालयप्रमुख भन्सार अधिकृतबीरगंज भन्सार कार्यालय(सुख्खा बन्दरगाह कार्यालय)
काजी बाबु कोइरालात्रि.वि. स्थल भन्सार कार्यालयप्रमुख भन्सार अधिकृतबीरगंज भन्सार कार्यालय
रामबहादुर कार्कीआन्तरिक राजस्व कार्यालय, कावासोतीप्रमुख कर अधिकृतभन्सार जाँचपास परीक्षण कार्यालय
नवराज पन्थीआन्तरिक राजस्व कार्यालय, ललितपुर-1प्रमुख कर अधिकृतभन्सार जाँचपास परीक्षण कार्यालय
भुपाल राज शाक्यआन्तरिक राजस्व कार्यालय, विराटनगरप्रमुख कर अधिकृतभन्सार विभाग
विमला अधिकारीआन्तरिक राजस्व कार्यालय, ठमेलप्रमुख कर अधिकृतभन्सार विभाग
राजन बावु काफ्लेकन्चनपुर भन्सार कार्यालयप्रमुख भन्सार अधिकृतभन्सार जाँचपास परीक्षण कार्यालय
मनोज कुमार रजकआर्थिक मामिला मन्त्रालय, सुदुरपश्चिम प्रदेशउपसचिवमध्यमस्तरीय करदाता कार्यालय
टीकाराम भुसालअर्थ मन्त्रालयउपसचिवमध्यमस्तरीय करदाता कार्यालय
कञ्चन बस्नेतअर्थ मन्त्रालयउपसचिवमध्यमस्तरीय करदाता कार्यालय
मञ्जु अधिकारीआन्तरिक राजस्व विभागनिर्देशकमध्यमस्तरीय करदाता कार्यालय
सन्तोष न्यौपानेभन्सार जाँचपास परीक्षण कार्यालयप्रमुख भन्सार परीक्षकमध्यमस्तरीय करदाता कार्यालय
ऋषिराम अधिकारीअर्थ मन्त्रालयउपसचिवमध्यमस्तरीय करदाता कार्यालय
मोहन सिंह बस्नेतआन्तरिक राजस्व कार्यलाय, धनगढीप्रमुख कर अधिकृतसार्वजनिक ऋण व्यवस्थापन कार्यालय
डा. लाल बहादुर खत्रीआन्तरिक राजस्व कार्यालय, दमौलीप्रमुख कर अधिकृतसार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
इन्द्र बहादुर देवकोटाठुला करदाता कार्यालयप्रमुख कर अधिकृतसार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
दयानन्द केसीअर्थ मन्त्रालयउपसचिवचोभार सुख्खा बन्दरगाह भन्सार कार्यालय, काठमाडौ
खेम नारायण रेग्मीमध्यमस्तरीय करदाता कार्यालयउपसचिवभन्सार जाँचपास परीक्षण कार्यालय
अमित पौडेलआर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्विनी प्रदेशउपसचिवआन्तरिक राजस्व कार्यालय, वर्दिवास

स्रोत – अर्थमन्त्रालय