आज तोलामा १२ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?

203
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । सोमबार सुन तोलामा १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी आज २३०० रुपैयाँमा झरेको छ ।