
काठमाडौं । गत वर्ष साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनु मानवीय त्रुटीबाट भएको सरकारी अध्ययनबाट देखिएिको छ । जहाज दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले प्रतिवेदनले प्राविधिक रुपमा भन्दा पनि जहाज दुर्घटना मानवीय त्रुटीबाटै भएको निष्कर्ष निकालेको छ ।
सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिश चन्द्रलाल सुमनले विहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको कारण पत्ता लगाउन ‘ह्युमन फ्याक्टर’, सेफ्टी म्यानेज्डमेन्ड सिस्टमका बारेमा धेरै अध्ययन गरिएको समेत बताए ।
उनका अनुसार एयरपोर्टबाट जहाज उड्न थालेपछि ट्याक्सी वेबाट जहाज मेन रनवेतर्फबाट जहाज कोटेश्वरतर्फ उडेको देखिन्छ । त्यसपछि १८० डिग्री मोडिएर त्यहाँ इन्जिनलाई टेकअप गरेको देखिन्छ । त्यसपछि जहाज दुर्घटना भएको देखिन्छ । उक्त दुर्घटनामा १९ जना यात्रुमध्ये १ जना क्याप्टेनमात्रै जीवित थिए ।
दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष सुमनले भने ‘यो जहाज सुरुमा रनवेमा दाहिने पखेटा ठोक्किदा त्यसपछि खर्सेर जाँदा एयर डाइनेस्टिक हेलि सर्भिसको कन्टेनरमा ठक्कर लागेको देखिन्छ । कन्टेनरमा ठक्कर लागिसकेपछि पल्टियो । त्यसबेलामा जहाजको ककपिट भाँचिएर खाल्डोमा झरेको देखिन्छ । सुमनले भने ‘जसमा क्यापटेन, कोपाइलट र इन्जिनियर थिए । पाइलट आफैँ बाहिर निस्किएको र प्रहरीहरुले उद्दार गर्न भ्याएकोले उनलाई बचाउन सकिएको रहेछ ।’
दुर्घटना परेका जहाजका क्यापटेनले त्यस अघि ६ हजार ८५ घण्टा जहाज उडाइकेका थिए । सोही प्रकृतिको जहाजमा मात्रै उनले ४ हजार ९ सय २२ घण्टा उडाएको पाइएको छ । कोपाइलटले पनि यही जहाजबाटै करिअर स्टार्ट गरेका रहेछन् । कोपाइलट १८ सय २४ घण्टा र यो जहाजमा १६ सय २ घण्टा कोपाइट उडेको देखिन्छ ।’
नागरिक उड्यानको नियमअनुसार महिनामा १०० घण्टा र वर्षमा १००० घण्टा भन्दा बढी उड्न पाइँदैन । त्यसैले दुर्घटनामा परेका पाइलट, को–पाइलटले कडा ड्युटी गरेको अध्ययनबाट नदेखिएको सुमनले बताए । उनका अनुसार दुर्घटनाग्रस्त जहाज क्यानडामा बनेको जहाज थियो ।
२००३ मा निर्माण भएको उक्त जहाजमा दुईओटा इन्जिनहरु थिए । यो जहाज दुर्घटना हुँदा मौसम एकदमै ठिक रहेको थियो । दुर्घटनामा मौसमको कुनैपनि भूमिका देखिँदैन । जहाजमा त्यस्तो खालको टेक्निकल खराबीहरु देखिँदैन । कुनैपनि सिस्टममा जहाज दुर्घटनाका क्रममा खराबी भएको नदेखिने जाँझबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ सुमनले बताएका छन् ।
आयोगका अध्यक्ष सुमनकाअनुसार जहाजमा चढेका धेरैजसो यात्रुले सिट बेल्ट नबाँधेको देखिन्छ । उनले भनेका छन्, ‘सीसीटीभी फुटेजहरु हेर्दा ४० सेकेण्डमै दमकल आगलागी भएको ठाउँमा पुगेको देखिन्छ । तर दुर्घटनाग्रस्त क्षेत्रमा खाल्डो भएका कारण दमकलले सडकका लागि पहुँच पाएन । कन्फर्टेवल बाटो नभएका कारण रेसक्युमा ढिला भएको देखिएको छ ।’ रेस्क्युमा भएको ढिलाईले थप यात्रु जोगाउन नसकेको छानविन प्रतिवेदनमा उल्लेख भएको पनि सुमनले बताएका छन् ।








प्रतिक्रिया