
काठमाडौं । हमासले बन्धक बनाएका विपिन जोशीलाई नेपाल ल्याउन सरकार असफल भएपछि उनको खोजीको लागि आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल जाँदैछन् ।
फ्लाइ दुबईमार्फत उनीहरू अहिले बिहान ९ बजे इजराइल जाँदैछन् ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायलले विपिनकी आमा पद्मा र बहिनी पुष्पा त्यहाँ जान लागेका हुन् ।नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो ।
‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले २०८० सालको असोज २० गते बन्धक बनाएको बताइएको छ ।
प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका जोशीको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारीबाहिर आएको छैन ।








प्रतिक्रिया