काठमाडौं । व्यवसाय वृद्धिसँगै खुद ब्याज आम्दानीमा वृद्धि र निष्क्रिय कर्जा घट्दा र कर्जा बढे पनि घटेको कर्जा नोक्सानी व्यवस्थाले ग्लोबल आईएमई लघुवित्तको नाफा उल्लेख्य बढेको छ ।
लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ मा २३ करोड ५८ लाख ७२ हजार नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा लघुवित्तको नाफा १० करोड ६२ लाख ९३ हजार रहेकोमा गत आर्थिक वर्षमा लघुवित्तको नाफा १२१.९१ प्रतिशतले बढेको हो । नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १६ पैसाबाट बढेर ३८ रुपैयाँ ११ पैसा पुगेको छ ।
बैंकहरुको कोषको लागतसँगै ब्याजदर घटेको प्रभाव लघुवित्तको नाफामा देखिएको छ । ब्याजदर घट्दा लघुवित्तको कोषको लागत घटेको छ । जसले लघुवित्तको नाफामा सकारात्मक प्रभाव परेको हो ।
नाफासँगै लघुवित्तको वितरणयोग्य नाफा पनि उल्लेख्य बढेको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट गत आर्थिक वर्षमा नाफा नबाँडेको लघुवित्तको सञ्चित नाफा ३ करोड ९२ लाख ९७ हजार थियो । गत आर्थिक वर्षमा लघुवित्तको वितरणयोग्य नाफा १३ करोड २६ लाख १३ हजार सहित कुल सञ्चित नाफा १७ करोड १९ लाख ९ हजार पुगेको छ । ६१ करोड ८९ लाख चुक्ता पुँजी रहेको लघुवित्तको लाभांश क्षमता २७.७८ प्रतिशत छ ।
नाफा बढेसँगै लघुवित्तको सञ्चित नाफा तथा जगेडाकोषमा ७१ करोड ३९ लाख ११ हजार पुगेको छ ।
लघुवित्तको कर्जा २०८१ असारमा ८ अर्ब ५० करोड रहेकोमा गत असारमा बढेर ९ अर्ब ८३ करोड ६३ लाख पुगेको छ । कर्जा बढेसँगै लघुवित्तको खुद ब्याज आम्दानी ६३ करोड १४ लाख ६३ हजारबाट बढेर ७५ करोड ९७ लाख २६ हजार पुगेको छ ।
त्यस्तै फि तथा कमीसन आम्दानी ८ करोड ५२ लाख सहित कुल सञ्चालन आम्दानी ८४ करोड ४९ ला पुगेको छ । निष्कृय कर्जा अघिल्लो आवको ४.०७ प्रतिशतबाट घटेर ३.६२ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा घटेपनि लघुवित्तले सम्भावित कर्जा नोक्सानी व्यवस्थाको लागि ९ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ ।
अघिल्लो आवमा कर्जा नोक्सानी व्यवस्थाको लागि १५ करोड ९ लाख प्रोभिजन गरेको थियो । कर्जा नोक्सानी व्यवस्थाको रकम घटेकार र आम्दानी बढ्दा सञ्चालन नाफा बढेर ३३ करोड ७२ लाख पुगेको छ । १९ करोड १० लाखबाट सञ्चालन नाफा बढेसँगै लघुवित्तको नाफा पनि बढेको हो ।
नाफा बढेसँगै कर्जा विस्तार हुँदा पनि लघुवित्तको पूँजीकोष अनुपात १०.३८ प्रतिशतबाट बढेर १०.९१ प्रतिशत पुगेको हो । लघुवित्तको आधार दर ११.१४ प्रतिशत छ ।
ग्लोबल आईएमई लघुवित्तको नाफा १२२ प्रतिशतले बढ्यो, लाभांश क्षमता करिब २८ प्रतिशत
काठमाडौं । व्यवसाय वृद्धिसँगै खुद ब्याज आम्दानीमा वृद्धि र निष्क्रिय कर्जा घट्दा र कर्जा बढे पनि घटेको कर्जा नोक्सानी व्यवस्थाले ग्लोबल आईएमई लघुवित्तको नाफा उल्लेख्य बढेको छ ।
लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ मा २३ करोड ५८ लाख ७२ हजार नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा लघुवित्तको नाफा १० करोड ६२ लाख ९३ हजार रहेकोमा गत आर्थिक वर्षमा लघुवित्तको नाफा १२१.९१ प्रतिशतले बढेको हो । नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १६ पैसाबाट बढेर ३८ रुपैयाँ ११ पैसा पुगेको छ ।
बैंकहरुको कोषको लागतसँगै ब्याजदर घटेको प्रभाव लघुवित्तको नाफामा देखिएको छ । ब्याजदर घट्दा लघुवित्तको कोषको लागत घटेको छ । जसले लघुवित्तको नाफामा सकारात्मक प्रभाव परेको हो ।
नाफासँगै लघुवित्तको वितरणयोग्य नाफा पनि उल्लेख्य बढेको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट गत आर्थिक वर्षमा नाफा नबाँडेको लघुवित्तको सञ्चित नाफा ३ करोड ९२ लाख ९७ हजार थियो । गत आर्थिक वर्षमा लघुवित्तको वितरणयोग्य नाफा १३ करोड २६ लाख १३ हजार सहित कुल सञ्चित नाफा १७ करोड १९ लाख ९ हजार पुगेको छ । ६१ करोड ८९ लाख चुक्ता पुँजी रहेको लघुवित्तको लाभांश क्षमता २७.७८ प्रतिशत छ ।
नाफा बढेसँगै लघुवित्तको सञ्चित नाफा तथा जगेडाकोषमा ७१ करोड ३९ लाख ११ हजार पुगेको छ ।
लघुवित्तको कर्जा २०८१ असारमा ८ अर्ब ५० करोड रहेकोमा गत असारमा बढेर ९ अर्ब ८३ करोड ६३ लाख पुगेको छ । कर्जा बढेसँगै लघुवित्तको खुद ब्याज आम्दानी ६३ करोड १४ लाख ६३ हजारबाट बढेर ७५ करोड ९७ लाख २६ हजार पुगेको छ । त्यस्तै फि तथा कमीसन आम्दानी ८ करोड ५२ लाख सहित कुल सञ्चालन आम्दानी ८४ करोड ४९ ला पुगेको छ । निष्कृय कर्जा अघिल्लो आवको ४.०७ प्रतिशतबाट घटेर ३.६२ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जा घटेपनि लघुवित्तले सम्भावित कर्जा नोक्सानी व्यवस्थाको लागि ९ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया