
काठमाडौं । भारतबाहेक तेस्रो मलुकमा उत्पादन भएर भारतीय आपूर्तिकर्ताद्वारा तेस्रो मुलुकमा नै सिपमेन्ट भएमा पनि अब परिवत्र्य विदेशी मुद्रामा भुक्तानी हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्ने संस्थाहरुलाई जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिकामा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘सार्वजनिक खरिद कानुन लागु हुने सार्वजनिक निकायले सार्वजनिक खरिद कानुनबमोजिम खरिद गर्ने वस्तु तेस्रो मुलुकमा उत्पत्ति/निर्माण भई तेस्रो मुलुकबाट ‘पसपिमेन्ट’ हुने अवस्थामा त्यस्तो वस्तुको आपूर्तिकर्ता भारतीय फर्म/कम्पनी भएमा विद्यमान व्यवस्था बमोजिम विदेशी मुद्रा (परिवत्र्य विदेशी मुद्रा वा भारतीय रुपैयाँ) मा भुक्तानीका लागि सटही सुविधा प्रदान गर्न सकिनेछ,’ संशोधित निर्देशिकामा भनिएको छ ।
हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ग्लोवल टेण्डरमार्फत् स्वीकृत गरेको वोलपत्रबाट मल, बीउ आयात गर्दा तेस्रो मुलुकमै निर्मित भई तेस्रो मुलुकबाटै सिपमेन्ट हुने अवस्थामा ग्लोबल टेण्डर पर्ने भारतीय फर्म/कम्पनीको नाममा विदेशी मुद्रा (परिवत्र्य विदेशी मुद्रा वा भारतीय रुपैयाँ) मा भुक्तानी गर्ने गरी प्रतीतपत्र खोल्न सकिने व्यवस्था थियो । तर, अब त्यसलाई संशोधन गर्दै राष्ट्र बैंकले सार्वजकि खरिद कानुन लागु हुने सार्वजनिक निकायले खरिद गर्ने पक्रियामा समेत यसरी विदेशी मुद्रा भुक्तानी गर्न सक्ने भएको हो ।
सार्वजनिक निकायलाई वस्तु आपूर्ति गर्ने आपूर्तिकर्ता नेपाली संस्था भएमा समेत नेपाली संस्थाले भारतस्थित संस्थासँग त्यस्तो वस्तु खरिद गर्दा सोको उत्पत्ति/निर्माण तेस्रो मुलुकमा भई तेस्रो मुलुकबाट सिपमेन्ट हुने अवस्थामा सोको भुक्तानी भारतमा परिवत्र्य विदेशी मुद्रा वा भारतीय रुपैयाँमा गर्ने सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । यसअघि कृषि सामग्री र साल्ट ट्रेडिङले आयात गर्ने मल र विउमा मौत्त उक्त सुविधा पाउँदै आएका थिए ।
यसअघि ग्लोबल टेन्डरमार्फत भारतबाट आयात हुने बस्तुमा लागु हुने व्यवस्थालाई संशोधन गर्दै सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन लागु हुने सार्वजनिक निकायले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र तथा सार्वजनिक खरिद कानुन बमोजिमका अन्य खरिद विधि प्रयोग भई भारतबाट आयात हुने वस्तु तथा सेवा खरिद सम्बन्धी व्यवस्था बनाएको छ ।







प्रतिक्रिया