जसले बैंकको लाइसेन्स पाए ती व्यवसायी मालामाल भए, नखोल्ने जहाँको त्यहीँ छन् (भिडियो)

28
Shares

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयक संशोधनका लागि संसदमा छलफल भइरहेको छ । अर्थ समितिमा यसका विभिन्न विषयवस्तुमाथि छलफल चलिरहेको छ । बाफिया संशोधनमा प्रस्ताव गरिएको बैंकर र व्यवसायी छुट्याउने व्यवस्था, त्यसले बैंकिङ क्षेत्र र अर्थतन्त्रमा पर्ने सकारात्मक र नकारात्मक प्रभावका सन्दर्भमो बहस भइरहेको छ ।

उक्त व्यवस्था आवश्यक हो कि होइन ? बैंकर र व्यवसायी किन छुट्याउनुपर्छ भन्ने महसुस किन भयो ? यसले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउन सक्छ ? भन्ने विषयमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् डा. मिनबहादुर श्रेष्ठ के भन्छन् ? हेरौं भिडियोः