क्लिक-टक

कनेक्टेड लेन्डिङको विकृति रोक्न बैंकर-व्यवसायी छुट्याउनै पर्छ

'जसले बैंकको लाइसेन्स पाए ती व्यवसायी मालामाल भए, नखोल्ने जहाँको त्यहीँ छन्'

1.8k
Shares

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयक संशोधनका लागि संसदमा छलफल भइरहेको छ । अर्थ समितिमा यसका विभिन्न विषयवस्तुमाथि छलफल चलिरहेको छ । बाफिया संशोधनमा प्रस्ताव गरिएको बैंकर र व्यवसायी छुट्याउने व्यवस्था, त्यसले बैंकिङ क्षेत्र र अर्थतन्त्रमा पर्ने सकारात्मक र नकारात्मक प्रभावका सन्दर्भमो बहस भइरहेको छ ।

उक्त व्यवस्था आवश्यक हो कि होइन ? बैंकर र व्यवसायी किन छुट्याउनुपर्छ भन्ने महसुस किन भयो ? यसले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउन सक्छ ? भन्ने विषयमा केन्द्रित रहेर नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् डा. मिनबहादुर श्रेष्ठसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, डा. श्रेष्ठसँग क्लिकमान्डुका लागि विजय पराजुलीले गरेको ‘क्लिक-टक’ ।

संसदमा बाफिया संशोधन विधेयकमाथि छलफल चलिरहेको छ । करिब दुई वर्षअगाडि संसदमा दर्ता भएको विधेयक अहिले आर्थिक अवस्था र संरचनामा धेरै परिवर्तन भइसकेकोले सांसदहरुले बाफियालाई पुनर्लेखन भनिरहेका छन् । बाफिया विधेयक पुनर्लेखन गर्नेगरी हाम्रो आर्थिक अवस्था पछिल्लो २ वर्षमा परिवर्तन भएको हो र ?

हाम्रो आर्थिक अवस्था २ वर्षमा धेरै परिवर्तन भइसकेको छ । तर, ऐन छिटो बनाउनुपर्ने दबाब हुन्छ । त्यसकारण पुनर्लेखनमा जाँदा समय धेरै लाग्ने सम्भावना छ । ‘फास्ट ट्रयाक’बाट गएर केही सम्बोधन गर्ने हो ठीकै पनि हुन सक्छ । अन्यथा अहिले ल्याउनैपर्ने विषयलाई यही विधेयकमा थपेर बाफियालाई छिटोभन्दा छिटो संशोधन गर्नुपर्छ ।

छुटेको विषयलाई समावेश गरेर ऐन चाँडोभन्दा चाँडो संशोधन गर्नुपर्छ । ऐन ल्याउन धेरै समय लगाउनु हुँदैन । ऐन पुनर्लेखन गर्न जति समय लाग्छ उक्त अवधिमा अरू नयाँ परिवर्तन भइसक्छन् । ऐन समय–समयमा सुधार भइरहनुपर्छ । २०७३ बाट अहिलेसम्म धेरै समय भएसकेकोले बाफिया ऐन छिटो संशोधन गरेर कार्यान्वयनमा जोड दिनुपर्छ ।

ऐन पुनर्लेखन गर्न जति समय लाग्छ उक्त अवधिमा अरू नयाँ परिवर्तन भइसक्छन् । ऐन समय–समयमा सुधार भइरहनुपर्छ । २०७३ बाट अहिलेसम्म धेरै समय भएसकेकोले बाफिया ऐन छिटो संशोधन गरेर कार्यान्वयनमा जोड दिनुपर्छ ।

बाफिया संशोधन विधेयकमा प्रविधिको विकाससँगसँगै समय अनुकूलको बैंकिङ अभ्यासहरू समावेश गर्ने विषय छन् । तर, बैंक र व्यवसायी एउटै हुन हुने कि नहुने ? र सम्बद्ध व्यक्तिको परिभाषामा छलफल बढी केन्द्रित भएको देखिन्छ । बाफिया संशोधनको बहस किन त्यसमा बढी केन्द्रित भयो भन्ने लाग्छ ?

विभिन्न कोणबाट आ–आफ्ना तर्क र मागहरू आउने नै हुन्छ । छलफल कुनै विषयमा बढी केन्द्रित भएको भन्न मिल्दैन ।

बैंकर र व्यवसायी छुट्याउने भन्दै गर्दा ऐनमा जुन संशोधन गर्न खोजिएको छ, त्यसका केही आधारहरू पनि त छन् । बैंकर र व्यवसायी छुट्याउने प्रस्ताव कसैले गरी खाएको रिसले उनीहरूलाई सजाय दिन गरिएको होइन । बैंकिङको विकाससँगै त्यसमा समस्या आउँछन् । तिनै समस्याको समाधान खोज्न संशोधन विधेयकमा केही प्रावधान थपिएको हो ।

पृष्ठभूमि वा उदाहरणकै रुपमा हेर्दा पहिला बैंकहरू सरकारी स्वामित्वका मात्रै थिए । बैंकको लगानीकर्ता कोही व्यक्ति हुँदैनथ्यो । ऋणी र बैंकरहरू छुट्याउनुपर्ने अवस्था थिएन । वि.सं. २०४१ सालमा नेपाल अरब बैंक खुलेपछि अरु निजी क्षेत्रका बैंक पनि खुले । त्यतिबेला बैंकर अथवा बैंकमा लगानी गर्नेले ऋण लिन पाउने नपाउने भन्ने केही उल्लेख गरिएन । किनकी आवश्यक पनि थिएन ।

निजी क्षेत्रले बैंक खोल्ने र बैंकको लगानीकर्ताले नै ऋण लिने गर्दा समस्या हुँदो रहेछ भन्ने अनुभवले सिद्ध गरेको छ । त्यसपछि बैंकका लगानीकर्ताले आफूले लगानी गरेको बैंकबाट ऋण लिन नपाउने व्यवस्था गरियो । पछिल्लो चरणमा पनि समस्या आउँदै गएका छन् । समस्या आएपछि समाधानको लागि नयाँ व्यवस्था गर्दै जाने अवधारणाअनुसार बैंकर र व्यवसायी छुट्याउन प्रस्ताव आएको हो ।

अहिले बैंकर र व्यवसायी किन छुट्याउन आवश्यक पर्‍यो ? भन्ने सवालमा बुझ्नुपर्ने विषय यो हो कि बैंकिङ क्षेत्र भनेको अरु कुनै व्यक्तिगत उद्योगभन्दा फरक हो । बैंकमा सर्वसाधारणको ठूलो निक्षेप हुन्छ । अहिले नै करिब ७० खर्ब रूपैयाँ सर्वसाधारणको निक्षेप बैंकमा छ । त्यति ठूलो निक्षेप लिने बैंकमा लगानीकर्ताहरूको कुल लगानी ४/५ खर्ब जति मात्रै हो । यदी बैंकरहरूले लगानीकर्ताहरुले हालेको ४/५ खर्बको मात्रै कारोबार गर्थे भने त्यहाँ बैंकर र व्यवसायी छुट्याउनु पर्दैनथ्यो । बैंकमा रहेको पैसा सर्वसाधारणको निक्षेप हो । त्यो रकम राष्ट्रिय स्रोत वा राष्ट्रको सम्पत्ति पनि हो । यो रकमको विवेकशील प्रयोग हुनुपर्छ भन्ने कुरालाई दृष्टिगत गरेर एकपछि अर्को विभिन्न व्यवस्थाहरू गर्दै बैंकहरूलाई नियमन गरिन्छ ।

बैंकमा रहेको पैसा सर्वसाधारणको निक्षेप हो । त्यो रकम राष्ट्रिय स्रोत वा राष्ट्रको सम्पत्ति पनि हो । यो रकमको विवेकशील प्रयोग हुनुपर्छ भन्ने कुरालाई दृष्टिगत गरेर एकपछि अर्को विभिन्न व्यवस्थाहरू गर्दै बैंकहरूलाई नियमन गरिन्छ ।

ऐन संशोधन प्रस्तावमा उल्लेख्य स्वामित्व २ प्रतिशतबाट १ प्रतिशत बनाउन खोजिएको छ । र, कुनै बैंकमा उल्लेख्य स्वामित्व भएको व्यक्तिले पुरै बैंकिङ प्रणालीबाट कर्जा लिन पाउँदैन । यही प्रस्तावले बैंकर र व्यवसायी छुट्याउँछ । यो प्रस्ताव अध्ययन गरेरै ल्याइएको हो । तर, अहिले उल्लेख्य स्वामित्व २ प्रतिशतबाट १ प्रतिशत बनाउने र उल्लेख्य स्वामित्व भएकाले अन्य व्यवसाय गर्न ऋण लिन नपाउने व्यवस्था एकैपटक गर्दा बजारमा ठूलो शक (धक्का) आउँछ । त्यसले व्यवसायीहरूलाई पनि समस्या हुन्छ । तसर्थ, क्रमशः कार्यान्वयन गर्दै जानुपर्छ ।

कति समय दिनुपर्छ ? समाधानको उपाय के हुन सक्छ ? भन्ने कुरा ऐन आएपछि राष्ट्र बैंकले कार्यविधिहरू, निर्देशनहरू जारी गर्दा सम्बोधन गर्नुपर्छ । ऐनमा छुट्याउन कुरा आउनैपर्छ, तर कार्यान्वयन गर्न कति समय दिने भन्ने कुरा राष्ट्र बैंकलाई नै छोड्नुपर्छ ।

बाफिया संशोधन हुँदा नै बैंकर र व्यवसायी छुट्याउने विषयमा छलफल र बहस भएको थियो । त्यो बेलामा बैंकर र व्यवसायी छुटाउनुपर्छ भन्ने महसुस कसरी भयो ? यो कुरा कसरी आएको थियो ?

२०७३ मा बाफिया ल्याउँदा सबैभन्दा ठूलो विषय कार्यकारी अध्यक्ष रहन नपाउने र बैंकर-व्यवसायी छुट्याउनुपर्छ भन्ने थिए । बैंकर-व्यवसायी छुट्याउनुपर्ने आवश्यकताको महसुस बैंकिङ अभ्यासबाटै गरिएको हो । निजी क्षेत्रलाई बैंक खोल्न दिएपछि बैंकका लगानीकर्ता आफैंले परिवार, आफ्नो नामबाट ऋण लिएर प्रयोग गरे । बैंकका सञ्चालकले व्यवसाय खोलेर रोजगारी दिनु, उत्पादन बढाउनु त ठीकै हो तर जसको आफ्नै बैंक छ, उनीहरूले बैंकबाट सजिलै ऋण लिन पाए । आफ्नै बैंकबाट ऋण लिँदा सुशासनमा समस्या आउँछ भनेपछि सुरुमा आफ्नो बैंकबाट आफैंले ऋण लिन नपाउने बनाइयो ।

ऐनमा छुट्याउन कुरा आउनैपर्छ, तर कार्यान्वयन गर्न कति समय दिने भन्ने कुरा राष्ट्र बैंकलाई नै छोड्नुपर्छ ।

उक्त व्यवस्था हुँदा आफ्नो लगानी भएको बाहक बैंकबाट ऋण लिन सक्ने भए । तर, अर्को बैंकबाट ऋण लिन भने खुल्लै थियो । दुईवटा व्यवसायीको बैंक र व्यवसाय दुवै छ भने एउटाले अर्कोको बैंकबाट ऋण लिने क्रम बढ्यो, यसरी बैंकमा ‘कनेक्टेड लेन्डिङ’को अभ्यास देखियो । यसले बैंकमा समस्या रहीरह्यो । बैंकमा अहिले आएका समस्यामध्ये कति अझै पनि पर्दाभित्र छन् । केहीमात्र देखिएका छन् । हालका लागि व्यवसायी र बैंकर एउटै भएर समस्या आयो भन्ने महसुस भयो ।

अन्तर्राष्ट्रिय रूपमा सबै ठाउँमा बैंकर र व्यवसायी छुट्याउने प्रावधान छैन । जहाँ विवेकशील रूपले वा मार्केटले नै काम गरेको हुन्छ र व्यवसायी-बैंक-बैंकरहरूले पनि ठीक रुपमा काम गरेका हुन्छन्, ती देशमा कडा प्रावधान राख्नुपर्दैन । तर, हाम्रो देशको वस्तुस्थिति, परिस्थिति, मनोविज्ञानमा पनि बैंकर र व्यवसायीहरू एउटै हुँदा समस्या भयो ।

उदाहरणको रुपमा हेर्दा २०४१ पछि अर्थात् निजी क्षेत्रलाई बैंक खोल्न दिएपछि जुन औद्योगिक घराना वा व्यक्तिको बैंक छ त्यही समूहमात्र धनी भइरहेको छ । जोसँग लगानी गर्ने सम्पत्ति छ, उनीहरुले बैंक खोलेका छन् । बैंक मात्रै नभई इन्स्योरेन्स कम्पनी, लघुवित्त लगायत वित्तीय प्रणालीमै उनीहरुको बोलवाला बढ्यो ।

कुनै व्यक्तिले राम्रो गर्छ, रोजगारी बढ्छ, मुलुकको अर्थतन्त्रलाई टेवा पुग्छ भने त्यसमा कुनै समस्या हुँदैन । मुलुकको रोजगारी र उत्पादन बढ्यो कि बढेन भनेर हेर्ने हो भने बढेको छैन । बैंकिङ क्षेत्रको यति ठूलो स्रोत यही ‘कनेक्टेड लेन्डिङ’ मार्फत प्रयोग भएको छ । बैंकर र व्यवसायी एउटै हुँदा सुशासनमा समस्या आयो । सोही समस्या महसुस गरेर अध्ययनका आधारमा, हाम्रो आवश्यकताअनुसार बैंकर र व्यवसाय छुट्याउने प्रस्ताव गरिएको हो ।

बैंकर र व्यवसायी छुट्याउन ढिलो भएको छ । २०७३ मा बाफिया आउँदादेखि नै यसलाई क्रमशः अगाडि बढाउनुपर्ने थियो । अहिले उद्योगी व्यवसायी र बैंकरहरूको एउटै समूहले काम गरिरहेको छ । उल्लेख्य स्वामित्व २ प्रतिशतबाट १ प्रतिशत बनाएर उल्लेख्य स्वामित्व हुनेले ऋण लिन नपाउने व्यवस्था गर्दा अहिले जुन समस्या आउने सम्भावना, २०७३ मा नै ऐनमा व्यवस्था गरेर क्रमशः कार्यान्वयन गरेको भए त्यो समस्या हुने थिएन ।

दुईवटा व्यवसायीको बैंक र व्यवसाय दुवै छ भने एउटाले अर्कोको बैंकबाट ऋण लिने क्रम बढ्यो, यसरी बैंकमा ‘कनेक्टेड लेन्डिङ’को अभ्यास देखियो । यसले बैंकमा समस्या रहीरह्यो । बैंकमा अहिले आएका समस्यामध्ये कति अझै पनि पर्दाभित्र छन् । केहीमात्र देखिएका छन् ।

कनेक्टेड लेन्डिङ’ को कारणले कर्जा अधिकेन्द्रिकरण भयो पनि भनिन्छ । तपाईं के भन्नुहुन्छ ?

वित्तीय स्रोतको अधिकेन्द्रिकरण हुनुको कारण नै ‘कनेक्टेड लेन्डिङ’ हो । ‘कनेक्टेड लेन्डिङ’ हुँदा त्यही समूहभित्र मात्रै वित्तीय स्रोतको केन्द्रिकरण भयो । बैंकको सुशासनमा पनि समस्या भयो । एउटा साधारण उद्योगी व्यवसायीले फाइल लिएर जाँदा बैंकको ऋण लिन केमात्र गर्नुपर्दैन । तर, अहिले त बैंक चलाउनेले धेरै प्राथमिकता पाउँछ ।

बैंकमा आवद्ध व्यवसायीले एउटाले अर्कोलाई कर्जामा लिने प्रिमियम पनि कम हुने र आम व्यवसायीलाई बढी हुन्छ भनिनन्छ । बैंकमा लगानी नहुने व्यवसायीले बढी ब्याज तिर्नुपर्ने अवस्था पनि छ नि !

यस्ता कयौं समस्या छन् । ब्याजदरमा पनि बैंकमा लगानी हुने व्यवसायीहरु एकले अर्कोलाई सहयोग गर्ने अवस्था छ । कागजपत्र, ऋण प्रक्रियामा सहजीकरण गर्ने, पैसा चाहिँदा तुरुन्तै निकासा गर्ने जस्ता लाभ लिँदै आएकत्त देखिन्छ । ‘कनेक्टेड लेन्डिङ’ले सुशासनमै समस्या ल्याउँछ । सबै कुरा ठीक हुँदा पनि वित्तीय स्रोतको अधिकेन्द्रिकरण भएको छ । कनेक्टेड लेन्डिङका कारण नयाँ सोच, क्षमता र आइडिया लिएर आउनेले कर्जा नपाउने र सिमित समूहले स्रोतबाट उच्चतम लाभ लिने अवस्था छ । बाफियाको प्रस्तावित व्यवस्थाले बैंकमा लगानी हुनेलाई व्यवसाय गर्नै रोक्नुपर्छ भनेको होइन, व्यवसाय गर्छौ भने बैंकमा सानो हिस्सा मात्रै लगानी गर भनेको हो ।

बाफिया संशोधन विधेयकमा उल्लेख्य स्वामित्व २ प्रतिशतबाट १ प्रतिशत बनाउने र उल्लेख्य स्वामित्व हुनेले ऋण लिन नपाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । अब उल्लेख्य स्वामित्व हुनेले व्यवसाय नगर भन्ने खाजेको होइन ?

बाफियाको प्रस्तावित व्यवस्थाले बैंकमा लगानी हुनेलाई व्यवसाय गर्नै रोक्नुपर्छ भनेको होइन, व्यवसाय गर्छौ भने बैंकमा सानो हिस्सा मात्रै लगानी गर भनेको हो ।

बैंक चलाउनले बैंकतिर र व्यवसाय गर्नेले व्यवसातिरै लाग्नको लागि निश्चित समयपछि अलग हुन उपयुक्त हुन्छ भनेर विभिन्न प्रावधान राखिएको छ । यही अनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

नेपालमा सिमित व्यवसायक घरना छन् उनीहरुसँगै बैंक पनि र व्यवसाय पनि छ । यस्तो अवस्थामा बैंकर र व्यवसायी छुट्याउँदा हुने प्रभाव वा शक अर्थतन्त्रले झेल्न सक्छ ?

यसमा चुनौतीहरु धेरै छन् । बैंकिङ क्षेत्रमा कुनै समस्या आएको थिएन भने यसमा कसैले टाउको दुखाउनुपर्ने कुरै थिएन । हाम्रो बैंकिङ क्षेत्रका विभिन्न परिसूचकहरुमा अन्य देशको भन्दा राम्रो छ भनिरहेका छौं । तर, भित्रि कुरा त्यस्तो छैन । राम्रो छ भन्दाभन्दै सहकारी र लघुवित्तको अवस्था के भयो देखिएकै छ । कतिपय अध्यनबाट बैंकिङ क्षेत्रमा पनि धेरै समस्या छ भन्ने टिकाटिप्पणी भइरहेको छ । एकपछि अर्को सहुलियत दिएर समस्या पर सार्दै गएको कारणले वास्तविक अवस्थका के हो भन्ने थाहा भइसकेको छैन ।

विगतमा एउटा बैंकमा प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष पनि एउटै हुँदा सबैभन्दा ठूलो समस्या भयो । कार्यकारी अध्यक्ष हटाउन बाफियामा संशोधन गरियो । २०७३ मा बाफियामा संशोधन हुँदा हटाउन सहमति भयो तर प्रमाणीकरण भएर आउँदा यथास्थितिमा आयो । त्यतिबेला नै बैंकर र व्यवसायी छुट्याउन प्रारम्भिक संकेतको रुपमा उल्लेख्य स्वामित्वको व्यवस्था भएको हो ।

कार्यकारी अध्यक्ष हुन हुन्छ वा हुँदैन भन्नेमा व्यापाक छलफल र लबिङ भयो । कार्यकारी अध्यक्ष सम्बन्धी व्यवस्था हटाउने सहमति भए पनि पछि पारित हुँदा परिभाषामा ‘अध्यक्ष भन्नाले कार्यकारी अध्यक्ष पनि बुझिनेछ’ भनेर आयो । कार्यकारी अध्यक्ष हुने पाउने व्यवस्था ऐनमा यथावत छ । यस पटक बाफिया संशोधनमार्फत अध्यक्षको परिभाषा संशोधन गरेर कार्यकारी अध्यक्ष हटाउन खोजिएको छ । किन हटाउन खोजिएको हो त भन्दा जुन जुन बैंकमा कार्यकारी अध्यक्ष लामो समयसम्म रहे, त्यही बैंकमा समस्या आयो ।

अहिले धेरै बैंकहरु समस्यामा छन् । मर्जरले ठीक दिशामा बैंहरुलाई लैजान सकिन्छ कि भनेर मर्जरको नीति ल्याइयो । त्यसअघि पुँजी वृद्धि नीति आए पनि त्यसले काम गरेन । मर्जरमार्फत् संख्या घटाउने कुरा आएको छ । बैंकको संख्या किन घटाउने ? भन्दा वित्तीय स्वास्थ्य, सेवा, खर्चको कुरा मुख्य भयो । मर्जर गर्दा एउटा राम्रो, ठूलो र स्वस्थ बैंकले कमजोर बैंक लियो भने त्यो संस्थामा सुधार हुन्छ भन्ने अनुमान थियो । पछि उक्त नीतिको विकृति स्वरुप मर्जर गर्नैपर्ने र संख्या घटाउनै पर्ने दबाब दिँदा कमजोर–कमजोर बैंक पनि मर्जरमा गए । सोहीकार अहिले पनि केही बैंक समस्यामा छन् ।

कार्यकारी अध्यक्ष सम्बन्धी व्यवस्था हटाउने सहमति भए पनि पछि पारित हुँदा परिभाषामा ‘अध्यक्ष भन्नाले कार्यकारी अध्यक्ष पनि बुझिनेछ’ भनेर आयो । अहिले किन हटाउन खोजिएको हो त भन्दा जुन जुन बैंकमा कार्यकारी अध्यक्ष लामो समयसम्म रहे, त्यही बैंकमा समस्या आएकाले हो ।

बैंकर र व्यवसायी एउटै हुँदा ‘कनेक्टेड लेन्डिङ’ जस्ता स्वार्थ बाँझिने काम हुन्छ भन्नुभयो । २०७३ मा बाफिया बनाउँदै गर्दा बैंकर र व्यवसायी छुट्याउने व्यवस्था गर्न सकिएन, अहिले सम्भव छ त ?

बाफिया २०७३ ले २ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्नुलाई उल्लेख्य स्वामित्व भनेर परिभाषित गरेको छ । त्यसभन्दा अघि उल्लेख्य स्वामित्व भन्ने व्यवस्था थिएन । पछि बैंकर र व्यवसायी छुट्याउन क्रमिक रुपमा काम हुनुपर्नेमा त्यसपछि हुन सकेन । अहिले १ प्रतिशत बनाउन प्रस्ताव गर्दै उल्लेख्य स्वामित्व हुनेले व्यवसायका लागि ऋण नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । १ प्रतिशतभन्दा कम सेयर हिस्सा हुनेले चाहीँ व्यवसाय गर्न ऋण पाउँछन् । १ प्रतिशतभन्दा बढी बैंकमा लगानी छ भने एउटा समयमा त्यसलाई बिक्री गरेर ‘व्यवसायमा केन्द्रित हुन्छु’ पनि भन्न सक्छन् । यस्तो अवस्थामा सम्बन्धित क्षेत्रको ‘एक्सपर्टिज’ भएको व्यक्ति मात्रै बैंक वा व्यवसाय सञ्चालन गर्न अगाडि सर्नेछन् ।

१ प्रतिशतभन्दा बढी बैंकमा लगानी छ भने एउटा समयमा त्यसलाई बिक्री गरेर ‘व्यवसायमा केन्द्रित हुन्छु’ पनि भन्न सक्छन् । यस्तो अवस्थामा सम्बन्धित क्षेत्रको ‘एक्सपर्टिज’ भएको व्यक्ति मात्रै बैंक वा व्यवसाय सञ्चालन गर्न अगाडि सर्नेछन् ।

हामीले विभिन्न स्रोतबाट प्राप्त तथ्यांक हेर्दा व्यवसायीको लगानी नभएको संयुक्त लगानीका बैंकहरु स्ट्यान्डर्ड चार्टर्ड बैंकको कुल कर्जा लगानीमध्ये ४१ प्रतिशत ठूला २० ऋणीमा र नेपाल एसबिआई बैंकको २९ प्रतिशत तथा एभरेष्ट बैंकको २२ प्रतिशत २० ठूला ऋणीमा लगानी भएको देखिन्छ । तर, नबिल बैंकको ११ प्रतिशत, ग्लोबल आईएमई बैंकको १५ प्रतिशत, एनएमबीको १८ प्रतिशशत र नेपाल इन्भेष्टमेन्ट बैंकको तुनात्मक रुपमा कम देखिन्छ । यसले व्यवसायीले सञ्चालन गरेको बैंकको ऋण अधिकेन्द्रिकरण हुन्छ भन्ने तर्क पुष्टी गर्दैन । के भन्नुहुन्छ ?

देशमा कति वटा बैंक छन्, कति वटाको अध्ययन गरियो र अन्य देशको अभ्यास के छ भन्ने कुरा पनि हेर्नुपर्छ । धेरैमा ऋण अधिकेन्द्रिकरण छैन, राम्रो अवस्था छ । केही बैंकमा मात्रै समस्या देखिन्छ भने ती समस्यामा जानु पर्छ । हामीले समस्या आएपछि एक पछि अर्को नियमन गर्नुपरेको हो । समस्याको वैकल्पिक समाधान छ भने त्यतातिर जाने होइन । तर, समस्या धेरै आइरहेका छन् । बैंकिङ क्षेत्रको समस्या समाधानको विभिन्न पाटोमध्ये एउटा बैंकर र व्यवसायी छुट्याउने हुनसक्छ भनेर अगाडि बढाइएको छ । कुनै अर्को विकल्प छ भने यसलाई होल्डमा राखेर अगाडि बढ्न सकिन्छ ।

‘कनेक्टेड लेन्डिङ’ ले समस्या आएको भनेर पहिचान भएकै कारण बैंकर र व्यवसायी छुट्याउने व्यवस्था गर्न खोजिएको छ । पहिले ‘कनेक्टेड लेन्डिङ’ बाट समस्या आएकोमा अहिले समाधान भएको वा सुधार भएको प्रमाण देखाउन सक्छौं भने अहिले यसलाई स्थगित गर्न सकियो ।

‘कनेक्टेड लेन्डिङ’ ले समस्या आएको भनेर पहिचान भएकै कारण बैंकर र व्यवसायी छुट्याउने व्यवस्था गर्न खोजिएको छ । पहिले ‘कनेक्टेड लेन्डिङ’ बाट समस्या आएकोमा अहिले समाधान भएको वा सुधार भएको प्रमाण देखाउन सक्छौं भने अहिले यसलाई स्थगित गर्न सकियो ।

अहिले जुन लाइनमा बाफिया संशोधन अगाडि बढाइएको छ त्यसले कस्तो काम गर्छ, त्यो प्रतिक्रिया हेरेर आगामी दिनमा अरु संशोधन र व्यवस्था गर्न सकिन्छ । अन्य देशमा जस्तो छ त्यस्तो गर्ने भए यस्तो नियमन व्यवस्था ल्याउन आवश्यक थिएन ।

हाम्रोमा विदेशमा जस्तो स्ट्यान्डर्ड फलो नभएको कारणले एकपछि अर्को नियामकीय व्यवस्था हेरफेर गर्नुपरेको हो । हाम्रोमा पहिलो कुरा बैंकिङमा सुशासन देखिएन भने दोस्रो कर्जाको ‘कन्सन्ट्रेसन’ भयो । उही ग्रुप भित्र भएकाले मात्रै वित्तीय स्रोतमाथि पहुँच रहेको छ । जसले लगानी गरेपछि उत्पादन र रोजगारी बढेको अवस्थामा खासै ठूलो प्रश्न रहँदैन ।

यद्यपी पुँजीको अधिकेन्द्रिकरण भयो भने त्यसले अर्थतन्त्रलाई जोखिममा लैजान सक्छ । ‘डिस्ट्रिब्युसनल जस्टिस’ पनि भएन । एउटा तप्काले मात्रै मुलुकको स्रोत प्रयोग गरिरहने र धनी झनै धनी हुने तथा अरुले त्यसको लाभ नपाउने एउटा समस्या भयो । राष्ट्र बैंकको अनुभव र अन्तर्राष्ट्रिय संस्थाहरुको अध्ययन र सुझावले समेतका आधारमा सुशासनमा समस्या भयो भनेर बैंकर र व्यवसायी छुट्याउनुपर्छ भन्ने कुरा आएको हो । अन्तर्राष्ट्रिय अभ्यास लागु गर्न सक्ने र बैंकहरुले स्रोतको अधिकेन्द्रकरण नभई विवेकशील रुपमा लगानी गरेको अवस्था थियो भने र सुशासनमा समस्या नभएको भए यो व्यवस्था छलफलमा नै आउनुपर्ने थिएन ।

बाफिया संशोधनको प्रस्तावित व्यवस्थाहरु उल्लेख्य स्वामित्व १ प्रतिशत बनाउने र उल्लेख्य स्वामित्व भएकोले व्यवसाय गर्न बैंकबाट ऋण लिन नपाउने व्यवस्थाले नै बैंकर र व्यवसायी छुट्याउन पर्याप्त छ वा अझै फरक रुपमा सोच्नुपर्छ ?

प्रस्तावित व्यवस्थाले बैंकर र व्यवसायी पूर्ण रुपमा छुट्याउँदैन । जोखिम कम होस् भनेर उल्लेख्य स्वामित्व १ प्रतिशत बनाएर त्यसभन्दा कम हुनेले व्यावसयिक ऋण लिन पाउने भनेको हो । २ प्रतिशत वा त्यसभन्दा बढी स्वामित्व हुनेले ऐन पारित भएको भोलिपल्ट १ प्रतिशतमा ल्याउन सक्दैन । यसमा समय दिनुपर्छ । उल्लेख्य स्वामित्व भएकाहरुले कस्तो कस्तो व्यवसाय गर्न वा लगानी गर्न पाउने एउटा ढोका खुलाउने सकिन्छ ।

अहिले घरजग्गा, सेयर बजारमा लगानी भएको छ । पुँजी पलायन पनि भएको छ भनिन्छ । यहाँ सस्तो ब्याजदर हुँदा त्यसलाई थप बल पुगेको छ । २०६६ साल तिर पनि यस्तो देखिएको थियो । उक्त समय ‘कनेक्टेड लेन्डिङ’ हुँदा उत्पादन र रोजगारी बढेन । त्यसबाट घरजग्गा, सेयर बजार, विदेशमा पुँजी पलायन, अन्य कारोबारबाट फाइदा लिन अवस्था मात्रै भयो । यस्तो अवस्था देखिएकोले बैंकर र व्यवसायी छुट्याउन आवश्यक भएको हो । कुनै लगानीकर्ता वा व्यवसायीले गरि खायो भन्ने रिसले बैंकर र व्यवसायी छुट्याउन खोजेको होइन ।

यद्यपी पुँजीको अधिकेन्द्रिकरण भयो भने त्यसले अर्थतन्त्रलाई जोखिममा लैजान सक्छ । ‘डिस्ट्रिब्युसनल जस्टिस’ पनि भएन । एउटा तप्काले मात्रै मुलुकको स्रोत प्रयोग गरिरहने र धनी झनै धनी हुने तथा अरुले त्यसको लाभ नपाउने एउटा समस्या भयो ।

निजी क्षेत्र, केही बैंकिङ क्षेत्रका जानकार र पूर्व गभर्नरहरुले यसै पनि अर्थतन्त्र समस्यामा रहेको समयमा बैंकर र व्यवसाय छुट्याउँदा भोलि ऋणी लिने व्यवसायी नै नहुने भन्दै आर्थिक गतिविधि बढेर रोजगारी सिर्जना हुँदैन भन्ने तर्क रिरहेको देखिन्छ । उहाँहरूले भने जस्तो जोखिम रहन्छ कि रहँदैन ?

हरेक रुपान्तरणकारी नीति ल्याउँदा त्यसमा प्रतिरोध हुन्छ । त्यसको एउटा ‘शक’ (धक्का) पनि आउँछ । रुपान्तरणकारी नीति नभई सुधार हासिल गर्न सकिँदैन । उदाहरणकै लागि अहिलेको मौद्रिक नीति घरजग्गा र सेयरबजारप्रति सकारात्मक देखिएको छ । घरजग्गामा अधिक लगानी भएकोले अहिलेको समस्या आएको छ । त्यसलाई आफ्नो लेभलमा आउन दिनुपर्नेमा त्यसैलाई चलायमान बनाउनतिर हाम्रो ‘कन्सट्रेसन’ हुँदा उत्पादन र रोजगारी कहिले बढ्छ ? भन्ने प्रतिप्रश्न पनि त छ ।

अहिले बैंकर व्यवसायी छुट्याउँदा बैंकबाट बाहिरिन्छु भन्ने लगानीकर्ताले सेयरको ‘ओभर सप्लाई’ हुनाले उचित मूल्य नपाउने हो कि भन्ने जोखिम पनि हुनसक्छ । सुरक्षित रुपमा बैंकर र व्यवसाय छुट्याउने विकल्प के हुनसक्छ ?

यो व्यवस्थाको सकारात्मक र नकारात्मक प्रभाव के–के हुन्छ ? त्यसको आँकलन गरेर सही रुपमा कार्यान्वयन हुने नीति लिनुपर्छ । राष्ट्र बैंक र सरकारले त्यसमा ध्यान दिनुपर्छ भने निजी क्षेत्रले पनि त्यसमा आफ्नो जेन्युन समस्याहरु राख्नुपर्छ । हामी यस्तो बिन्दुमा आयौं कि उद्योगी व्यवसायीले जुन कुरा गर्दिँन भन्छ सरकार र राष्ट्र बैंकले त्यही नै गर्दै जाने अवस्था छ । यसले वास्तविक अर्थतन्त्रको ग्रोथ हुनेगरी अगाडि बढ्न सकेन । अधिकेन्द्रिकरण र सुशासन जस्ता समस्याहरु आए । कतिपय निजी क्षेत्रले क्षणिक पुँजीगत लाभ हेरेर मागहरु गर्ने गरेको देखियो ।

यति ठूलो बैंकिङ क्षेत्रको स्रोत प्रयोग गरेर उत्पादन, राजेगारी बढेको छैन । सुशासनमा भ्रष्ट मुलुक मध्येमा दरिएका छौं । सम्पत्ति शुद्धिकरणमा ग्रे लिस्टमा परेका छौं । युरोपियन युनियनले पनि नेपालसँगको कारोबारलाई विशेष निगरानी गर्नुपर्ने भन्दै छुट्टै सूचीमा राखेको छ । यो सबै हामीले गरेका कामको नतीजा हो । त्यसैलै कमी कमजोरी त पक्कै भएकै थिए ।

समाधान गर्दा अर्थतन्त्रमा शक आउँछ, समस्या पर्छ भन्ने तर्क राख्छौं भने सम्पत्ति शुद्धिकरणमा ग्रे लिस्टबाट ब्याक लिस्टमा जान्छौं । राजनीतिक परिवर्तनपछि अहिले हाम्रो जति सम्भावना र आवश्यकता थियो, त्यो सबै अवसर हामीले गुमाएका छौं । समाधानको लागि निमर्म रुपमा जानुपर्छ । उद्योगी व्यवसायी लगायत निजी क्षेत्र समस्यामा पर्‍यो भने सरकारले मात्रै अर्थतन्त्र अगाडि लैजान सक्दैन । निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्छ । तर, निजी क्षेत्रले माग गर्दैमा सबै नीति माग गरेअनुसार बनाउनु पर्छ भन्ने छैन ।

समाधान गर्दा अर्थतन्त्रमा शक आउँछ, समस्या पर्छ भन्ने तर्क राख्छौं भने सम्पत्ति शुद्धिकरणमा ग्रे लिस्टबाट ब्याक लिस्टमा जान्छौं ।

बैंकर र व्यवसायी छुट्याउने छलफल भएरहेको छ । नेपालमा बैंकका सेयरधनीलाई संस्थापक र साधारण भनेर वर्गीकरण गरिन्छ । एक्जिटको लागि संस्थापक सेयर पनि सहज कारोबार हुने व्यवस्था गर्न माग संस्थापक सेयरधनीहरू रिरहेका छन् । बैंकको सेयरधनीलाई संस्थापक र साधारण भनेर वर्गीकरण गर्नु कतिको उपयुक्त छ ?

अन्तर्राष्ट्रिय अभ्यासमा बैंकको सेयरधनी संस्थापक र साधारणमा वर्गीकरण गर्नु आवश्यक होइन । नेपालमा जुन परिप्रेक्षमा बैंक खुले त्यो अन्तर्राष्ट्रिय अवस्था भन्दा फरक रुपमा खुलेको थियो । अहिले त समस्या आएपछि समाधान के हुनसक्छ भनेर खोजी भएको हो । अर्थतन्त्र, बैंकिङ क्षेत्रमा यस्तो प्रभाव पर्छ र यसो गर्नुपर्छ भन्ने कुराहरु कि बैंकरको तर्फबाट कि नियामकको तर्फबाट आएको छ । हाम्रो अहिलेको अवस्था समस्या आएकोले त्यसको समाधान कसरी गर्ने भन्ने बैंकर र नियामकले नै सोच्नुपर्छ । एउटा क्षेत्रको लाभ मात्रै सोच्दा, त्यसलाई सरकारले सम्बोधन गर्दै जाँदा अहिलेको अवस्था सिर्जना भएको थियो ।

बैंकर र व्यवसायी छुट्याउन संस्थापकलाई क्रमशः पब्लिक सेयरमा कन्भर्जन गर्दै जाँदा त्यसले बैंकिङ प्रणालीमा कुनै असर गर्छ कि गर्दैन ?

राष्ट्र बैंक र सरकारले पनि अध्ययन गरेर कार्यान्वयन कसरी क्रमिक रुपमा गर्ने ? भन्ने व्यवस्था गर्लान् । अहिले ऐनमा त्यो सबै व्यवस्था गर्नु आवश्यक हुँदैन । बैंकर र व्यवसायी एउटै हुँदा ‘कनेक्टेड लेन्डिङ’ले वित्तीय स्रोतको अधिकेन्द्रिकरण र संस्थागत सुशासनमा समस्या आयो । त्यसलाई सम्बोधन गर्न बैंकर र व्यवसायी छुट्याउने व्यवस्था बाफियाले गर्छ । कार्यान्वयन गर्दा सहुलियत दिनुपर्छ । निजी क्षेत्र र बैंकका लगानीकर्तालाई कसेर अर्थतन्त्र माथि लाग्छ भन्ने सोच्नु हुँदैन । अर्थतन्त्रको दिगो विकास, उत्पादन र रोजगारी बढाउने, सुशासन कायम गर्ने र दीर्घकालीन रुपमा बैंकिङ क्षेत्र र अर्थतन्त्रलाई नै राम्रो बनाउने भन्ने सोच हो । उत्पादन रोजगारीमा अपेक्षित योगदान नभए पनि केही न केही भइरहेको र एउटा आधार बनेको छ ।

एक दशक अघि बैंकहरुको लगानीमा प्रतिफल करिब २५ प्रतिशत रहेकामा अहिले एकल अंकमा झरेको अवस्था छ । प्रतिफल न्यून हुँदा बैंकर र व्यवसायी छुट्याउने व्यवस्थाले सबै लगानीकर्ता बैंकिङ छोडेर व्यवसाय गर्छु भन्ने अवस्था अर्को जोखिम निम्तँदैन र ?

त्यो प्रश्न आउन सक्छ । त्यो प्रश्न आउँछ भनेर सुशासनमा कहिलेसम्म सम्झौता गर्ने ? त्यसको समाधान के ? जुन रुपमा बैंकिङ क्षेत्र गएको छ, अहिले नै राम्रो अवस्था छैन । पहिले बैंकहरुको प्रतिफल दर किन घट्यो भन्ने कुरा गर्नुपर्छ । हाम्रो वित्तीय क्षेत्रको स्रोत, उत्पादन र रोजगारी बढेन । अर्थतन्त्र विस्तार हुने क्षेत्रमा लगानी भएको भए अझै धेरै लगानीको अवसर सिर्जना हुन्थ्यो र त्यसले नाफा पनि बढाउँदै जाने थियो । त्यो अवसर सिर्जना गर्नुपर्नेमा सुशासनको समस्या नै कमजोरी भयो । अब पनि जे थियो त्यसलाई निरन्तरता दिने भए हाम्रो अर्थतन्त्र खराब अवस्थामा पुग्छ । एउटा बिन्दुबाट ब्याक हुनै पर्छ । त्यतिबेला केही असहजता सबैले मिलेर सहनुपर्छ ।

बैंकर र व्यवसायी छुट्याउँदैमा कर्जाको अधिकेन्द्रिकरण रोक्ने र नयाँ सोच भएको युवाले वित्तीय स्रोत पाउने अवस्था बन्छ ?

यसले एउटा आधार दिन्छ । उदाहरणको रुपमा बैंकहरुलाई ‘कृषिमा कर्जा लगानी गर’ भनियो । तर त्यस अनुसार लगानी गरिएन । २०८४ मा १५ प्रतिशत पुर्‍याउनुपर्नेमा बैंकहरुले ‘सक्दैनौं’ भने । सरकार वा राष्ट्र बैंकले १५ प्रतिशत सक्दैनौ भने १० प्रतिशतमा झार भन्नुपर्नेमा ‘कृषि वस्तु प्रशोधनमा गएको कर्जालाई पनि कृषिमै गणना गरेर पुर्‍याउ’ भन्ने नीति ल्याइएको छ ।

पछि हरेक शाखाले कृषिमा लगानी गर्नुपर्ने व्यवस्था गर्दा आफ्ना नजिककाहरूलाई कृजा दिइयो, वास्तविक किसान आउँदा ऋण पाएनन् । यस्तो समस्या कनेक्टेड लेन्डिङ, कर्जाको अधिकेन्द्रिकरण र सुशासन नहुँदा देखिएको हो । अहिलेको समस्या घरजग्गा र सम्पत्ति हुनेले बैंकबाट ऋण पाउने, अरुले नपाउने अवस्था छ ।

बैंकले लगानी गर्ने निक्षेपकर्ताको पैसा हो । त्यसलाई सुरक्षित ठाउँमा लगानी गर्नुपर्छ भन्ने एउटा तर्क ५ । यो सही तर्क हो र विश्वभरीकै बैंकिङ सिद्धान्त पनि यही हो । तर अन्य देशमा निक्षेपकर्ताको रकम सुरक्षित हुनेगरी कर्जा लगानी गर्न घरजग्गा धितो नचाहिने, नेपाल चाही घरजग्गा नै चाहिने भयो । उद्योगी व्यवसायीका नेतृत्वले बैंकको नियम नै घरजग्गामा लगानी गर्ने भएकोले घरजग्गा किन्दा नाफा पनि हुन्छ भन्ने तर्क गरेको देखिन्छ । बैंकिङ क्षेत्रलाई पुनःपरिभाषित गर्न अहिलेको निरन्तरतालाई ब्रेक गर्नुपर्छ । त्यो ब्रेक गर्दा केही समस्या र ‘सक’हरु हुन्छ । त्यसलाई भोग्नुपर्छ ।

बैंकिङ क्षेत्रलाई पुनःपरिभाषित गर्न अहिलेको निरन्तरतालाई ब्रेक गर्नुपर्छ । त्यो ब्रेक गर्दा केही समस्या र ‘सक’हरु हुन्छ । त्यसलाई भोग्नुपर्छ ।

कनेक्टेड लेन्डिङ वा कर्जाको अधिकेन्द्रिकरण रोक्न संस्थागत सुशासन र संरचनामा समस्या छ । सोहीकारण बाफिया संशोधनमा बैंकर र व्यवसायी छुट्याउनुपर्ने व्यवस्था गरियो । तर त्यसको लागि समय दिनुपर्छ भन्ने तर्क तपाईंको हो ?

बैंकर र व्यवसायी छुट्याउनुपर्छ । तर, त्यसको लागि समय दिनुपर्छ । केही उत्पादन क्षेत्रलाई अपवादको रुपमा राख्दै बैंकका लगानीकर्ताले पनि लगानी गर्नेगरी खोल्न सकिन्छ । जस्तै हाइड्रोपावर, सूचना प्रविधि, पर्यटन लगायका क्षेत्रमा निश्चित शर्त तोकेर लगानी गर्नसक्ने व्यवस्था गर्न सकिन्छ ।

तपाईंले बैंकिङ क्षेत्रमा सुशासन भएन, कर्जाको अधिकेन्द्रिकरण भयो, उत्पादन र रोजगारी सिर्जनामा लगानी भएन भन्नुभयो । नेपालको बैंकिङ क्षेत्र दक्षिण एशियाकै राम्रो छ भन्दै गर्दा पछिल्लो २/३ वर्षमा बैंकहरुको सम्पत्तिको गुणस्तर खस्किदै गएको छ भने पुँजीकोषमा पनि दबाब पर्दै गएको छ । अहिलेको अवस्था आउनुको कारण के हो ?

बैंकिङ क्षेत्रको वर्तमान अवस्थाको कारण नीतिगत त्रुटी पनि हो । कोभिडसम्मको समयमा केही कुराहरु सही रुपमा आएको थियो । बैंकिङ क्षेत्रको पहिलेदेखिकै समस्या उत्पादन र रोजगारी बढ्ने गरी बैंकिङ क्षेत्रको स्रोत प्रयोग भएन भन्ने थियो ।

पहिले वित्तीय क्षेत्र विकास रणनीति बनाउँदा पनि उत्पादन र रोजगारी बढाउनेमा लगानी बढाउनुपर्छ भनियो । बैंकहरुले आफै लगानी केन्द्रित नगरेपछि निर्देशित कर्जा मार्फत उत्पादन क्षेत्रमा लगानी बढाउन खोजिएको हो । कोभिडअघि यो समस्या भए पनि अन्य पक्ष ठीकै थियो । आर्थिक वृद्धि पनि राम्रै थियो । १४ औं योजनामा ३ वर्षको औसत आर्थिक वृद्धि ७.२ प्रतिशत भनेकोमा ७.५ प्रतिशत भएको थियो ।

केही उत्पादन क्षेत्रलाई अपवादको रुपमा राख्दै बैंकका लगानीकर्ताले पनि लगानी गर्नेगरी खोल्न सकिन्छ । जस्तै हाइड्रोपावर, सूचना प्रविधि, पर्यटन लगायका क्षेत्रमा निश्चित शर्त तोकेर लगानी गर्नसक्ने व्यवस्था गर्न सकिन्छ ।

यसले उच्च आर्थिक वृद्धिको आधार बनाएको थियो । सोही समयमा भुकम्प पछिको पुननिर्माणमा ठूलो रकम लगानी भएको थियो । त्यसले भुकम्प प्रतिरोधी भवन, सडक र विद्यालयहरु बनेका थिए । त्यही समयमा लोडसेडिङ हटेको थियो । त्यसले उज्यालो देखेको मात्रै नभई उद्योगको क्षमता वृद्धि भई लागत घटेको हो । मधेश आन्दोलन लगायतका बन्द हड्ताल सकिएर राजमार्गहरु बन्द हुन पनि सोही समयदेखि छोडेको थियो । यसले अर्थतन्त्रलाई नयाँ चरणमा पुर्‍याउनले आधार बनाएको थियो ।

त्यसले उच्च आर्थिक वृद्धिको अनुमान सहित १५ औं योजनामा करिब १० प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिइएको हो । तर, कोभिडपछि जुन समस्या आयो । त्यसको पुनरुउत्थानको लागि लिएको नीति सही भएन । वित्त नीतिले सहजिरकण गर्नुपर्नेमा गरेन र मौद्रिक नीतिले आफ्नो दायराभन्दा बाहिर गएर सम्बोधन गर्न खोज्यो । त्यसरी दिएको सहुलियत समयमा रोलब्याक गर्नुपर्नेमा नगरी थप्दै जाँदा आफुले बोक्न नसक्ने भारी बोकेको कारण अहिले अर्थतन्त्रमा समस्या आएको हो । अरु संरचनागत समस्या छँदै थियो । तर, यति ठूलो समस्या आउनुको कारण त्यतिबेला मौद्रिक नीति आवश्यकता भन्दा अधिक लचिलो भएको र समयमा ब्याक हुनुपर्नेमा नभएको कारण हो ।

निष्कर्षमा भन्दा त्यहीबेला दिएको सहुलियतले बढेको लगानी घरजग्गामा गएको छ । घरजग्गा बिक्री नभएकोले व्यक्तिहरूसँग सम्पत्ति त छ नगद प्रवाह छैन ।