
काठमाडौं । काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदान नजिकै चिनियाँ दूतावासको गाडी दुर्घटनामा परेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–६ मा आइतबार बिहान करिब १० बजे दूतावासको ११ सिडी ६१९ नम्बरको गाडी सडकबाट अनियन्त्रित भई खोल्सामा खसेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गाडी आफैं अनियन्त्रित हुँदा पुलबाट सिधै तल खसेको थियो । गाडीमा सवार दुई चिनियाँ नागरिकमध्ये एक ३४ वर्षीया महिला र उनकी छोरी रहेको प्रहरीले जनाएको छ । उनीहरू आमा–छोरी हुन् ।
दुर्घटनामा उनीहरू दुवै सामान्य घाइते भएका थिए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उनीहरूलाई तत्काल गाडीबाट निकालिएको थियो ।
दुर्घटनामा परेको गाडीलाई खोल्साबाट निकालिएको र चालककै जिम्मा लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई नजिकैको अस्पतालमा उपचारपछि घर फर्किएको जानकारी प्राप्त भएको छ ।








प्रतिक्रिया