
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । उक्त मुद्दा न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा पहिलो नम्बरको सूचीमा राखिएको छ ।
अमेरिका पठाउन नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोगमा ३६ जना प्रतिवादीमाथि मुद्दा दायर गरिएको छ ।
प्रतिवादीमध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उनका छोरा प्रतीक थापा र तत्कालीन गृहसचिव टेकराज पाण्डे प्रमुख रूपमा संलग्न छन्।
उक्त मुद्दामा केही प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा छन् भने अन्य केही धरौटीमा छुटेका छन् । सुनुवाइपछि मुद्दाको थप प्रक्रियाबारे अदालतले निर्णय लिनेछ ।








प्रतिक्रिया