सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता प्रकरण: प्रहरी सम्पर्कमा आए छोरी ज्वाइँ, के भने ?

385
Shares

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, भण्डास विप्पर कटेरीस्थित हायु समुदायका एकै परिवारका बेपत्ता भएका भनिएका मध्ये एक सदस्य काठमाडौंमा सम्पर्कमा आएकी छन् ।

५२ वर्षीया उर्मिला हायूको परिवारले सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किएपछि उनीहरू सम्पर्कविहीन भएका थिए । उनीहरू सीमान्तकृत हायु समुदायका हुन्।

सम्पर्कमा छोरी र ज्वाइँ

यसअघि बेपत्ता भएकी भएनिएकी मध्ये माइली छोरी सुजता हायु (१९) र उनका श्रीमान् आयुष श्रेष्ठ काठमाडौंमा सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार उनीहरू केही महिनादेखि काठमाडौंमा बस्दै आएका थिए ।

‘छोरी र ज्वाइँले आफूहरू केही महिनादेखि काठमाडौंमा बसिरहेको बताएका छन्,’ सुवेदीले भने, ‘सुजाताले परिवारसँग सम्पर्क हुन नसकेको बताएकी छिन् ।’ उनीहरूले आफ्नो परिवारका सदस्यहरूको खोजी गरिदिन प्रहरीले अनुरोध गरेका छन् ।