गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता दुई जनाको शव सेनाले निकाल्यो

14
Shares

रसुवा । गोसाइकुण्ड गाउँपालिका–५ स्थित तीर्थस्थल गोसाइकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको शव नेपाली सेनाले फेला पारेको छ ।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।

गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ ।

शुक्रबार घटेको उक्त घटनापछि हराइरहेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि खटिएको नेपाली सेनाको श्रीनाथ गण अन्तर्गतको टोलीले स्थानीय स्रोतसाधनको प्रयोग गर्दै शवहरू कुण्डबाट निकाल्न सफल भएको हो ।

उद्धार गरिएको शव नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने तयारी भइरहेको सेनाले जनाएको छ ।