
एजेन्सी । रुसमा करिब ५० जना यात्रु सवार एक विमान सम्पर्कविहीन भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र एएफपीका अनुसार एयर ट्राफिक कन्ट्रोलसँग उक्त विमान सम्पर्कविहीन बनेको हो । उक्त जानकारी अमूर क्षेत्रका गभर्नर वासिली ओरलोवले दिएको समाचारमा जनाइएको छ । विमानको खोजी कार्य जारी छ ।
स्थानीय आपतकालीन मन्त्रालयले जनाएको विवरणअनुसार उक्त विमान चीनको सिमानासँग जोडिएको अमूर क्षेत्रको टिन्डा शहर नजिकै पुग्ने क्रममा रडारबाट हराएको हो ।
गभर्नर ओरलोवले टेलिग्राममार्फत जनाएअनुसार प्रारम्भिक तथ्यांकले विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र चालक दलका ६ सदस्य सवार थिए ।
हाल विमानको अवस्थाबारे थप जानकारी आइसकेको छैन । खोजी तथा उद्धार टोली घटनास्थल नजिकै पठाइएको जनाइएको छ।








प्रतिक्रिया