
काठमाडौं । सिधाकुरा अनलाइनलाई ‘डार्क फाइल’ नामक भिडियो सामग्रीका लागि नक्कली अडियो दिएको आरोप लागेका राजकुमार तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई इलाका प्रहरी कार्यालय इटहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयन गर्न तिमिल्सिनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनलाई ६ महिनाको कैद सजाय तोकिएको थियो ।
यसअघि सर्वोच्च अदालतले गत असोज १३ गते सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई समेत अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै तीन/तीन महिनाको कैद सजाय सुनाएको थियो।
तर क्षमायाचना गरेमा सात दिन कैद मात्र हुने व्यवस्था गरिएको थियो । राजकुमार तिमिल्सिनाको हकमा भने अदालतले सो सुविधा नदिई सोझै ६ महिनाको कैद सजाय तोकेको हो ।








प्रतिक्रिया