
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्दुत प्रसारणलाइन सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बनाउने प्रस्ताव ल्याएको छ । प्राधिकरणले विभिन्न ४ वटा प्रसारणलाइन बनाउन सार्वजिक रुपमा असयपत्र माग गरेका छ । इच्छुकले ३० दिनभित्र आवेदन दिन सक्नेछन् ।
प्राधिकरणले उच्च भोल्टेज ट्रान्समिसन लाइनहरू पीपीपी मोडेलमार्फत निर्माण गर्ने तयारीका साथ निजी क्षेत्रबाट आसयपत्रसमेत मागेको छ ।
प्राधिकरणले निजी कम्पनीहरूलाई आवश्यक वार्षिक राजस्व आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामा सहभागी आसयपत्र माग गरेको हो । प्राधिकरणले आसयपत्र मागेका ४ वटा प्रसारणलान निर्माण सञ्चालन र हस्तान्तरणको मोडलमा निर्माण गर्नुपर्ने छ ।
प्राधिकरणले ८ करोड अमेरिकी डलर लगातको नयाँ खिम्ती–ढल्केबर (४०० केभी, ८ करोड डलरकै अरुण–इनरुवा (४०० केभी), १४ करोड २० लाख अमेरिकी डलरको टिङला–दूधकोशी–ढल्केबर (४०० केभी) र १ करोड ८ लाख अमेरिकी डलरको लप्सीफेदी–टिनपिप्ले (२२० केभी)का प्रसारणलाईन बनाउन आसयपत्र मागेको हो ।









प्रतिक्रिया