
चितवन । नारायणघाट–मुग्लिङ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिकै पहिरोबाट खसेको ढुङ्गाले भारतीय कारलाई क्षति पुर्याउँदा तीन जना घाइते भएका छन् ।
आइतबार दिउँसो नारायणघाटबाट मुग्लिङतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ८० जीपी २९८९ को कारमा सडक माथिबाट ढुङ्गा खस्दा कारमा सवार तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा भारतको आग्रह बस्ने ४२ वर्षीय चालक रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव रहेका छन् । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य रहेको र एक जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ढुङ्गाले कारमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया