हिमस्टार उर्जाको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

0
Shares

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

उक्त सेयर रजिष्ट्रार सेवा अन्तर्गत हिम स्टार उर्जा कम्पनी लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण सेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु यही साउन ०४ गते आइतबार देखि एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाण्डौ मार्फत हुने कम्पनीले जानकारी दिएको छ ।