विद्या र ओलीबीच च्यासलमा भेटवार्ता हुँदै

490
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ ।

नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच आइतबार ३ बजे पार्टी कार्यालय च्यासलमा भेटवार्ता हुन लागेको हो ।

भण्डारीका स्वकीय सचिव राजकुमार राईले पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच आज ३ बजे पाटी कार्यालयमा भेटवार्ता तय भएको जानकारी दिए ।

भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै एमालेमा बहस सिर्जना भएको छ ।
भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भएको बताएकी छन् तर एमाले अध्यक्ष ओलीले पदाधिकारी बैठकमै उनको सदस्यता नवीकरण नभएको बताएका थिए ।

एमालेका नेता कार्यकर्ता भण्डारीको पक्ष/विपक्षमा उत्रिँदा दुई जनाबीच भेटवार्ता हुन लागेको हो ।