हाइड्रोहरूको आईपीओ निष्काशन रोक्न हुँदैन: देउवा

210
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाइड्रोहरूको सेयर निष्काशन रोक्न नहुने बताएका छन् ।

मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले धितोपत्र बोर्डले चाँडै सेयर निष्काशन गर्ने विश्वास व्यक्त गरे ।

उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए। लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।

लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने भन्दै उनले उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको उल्लेख गरे । यसका लागि निजी क्षेत्रलाइ पनि सहभागी गराउनु जरुरी रहेको देउवाको भनाइ छ ।

‘अहिले उत्पादन विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ । लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । लगानीकर्तालाई दुःख दिने भन्नेकुरै छैन । स्वदेशी तथा विदेशी लगानीकर्तालाई पनि नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ,’ देउवाले भने, ‘सेयर निष्काशन रोकिएको कुरा सुनेँ, धितोपत्र बोर्डले चाँडै सेयर निष्काशन गर्नेछ, यसलाई रोक्नु हुँदैन भन्ने मान्यता छ ।’

उर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पत्ति भएको बताउँदै उनले ग्रिन इनर्जीमा बढी जोड दिन आवश्यक रहेको बताए ।

सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताए । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाइर्ए थप प्रोत्साहित गर्नुपर्ने बताए । निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुशीको कुरा भएको उल्लेख गर्दै आज देशभित्र लोडसेडिङ नरहेको उनले बताए ।

Skip This