बन्दिपुर केबलबारको आऐपीओमा साउन ६ गतेदेखि आवेदन दिन पाइने


काठमाडौं । बन्दिपुर केबलबारको आईपीओमा साउन ६ गतेदेखि आवेदन दिन पाइने भएको छ । असार १९ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको कम्पनीले साउन ६ गतेदेखि प्रारम्भिक चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सार्वजनिक सेयर निष्काशन (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब ८३ करोडको २०. ७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन गर्दैछ ।

जसमध्ये जारी पुँजीको २ प्रतिशत अर्थात प्रतिकित्ता १०० का दरले ५ लाख ६६ हजार कित्ताबराबरको ५ करोड ६६ लाख रुपैयाँको सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

त्यस्तै बाँकी रहेको १८.७०६७ प्रतिशत अर्थात ५२ करोड ९४ लाख रुपैयाँ बराबरको ५२ लाख ९४ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४०० कित्ता सेयर वैदैशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्न लागेको छ । बाँकी रहेको ४७ लाख ६४ हजार ६०० कित्ता सेयर भने कम्पनीले सर्वसाधरणका लागि निष्काशन हुनेछ ।

कम्पनीले हाल जारी गर्न लागेको आईपीओमा आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीकमा रहेका दुवै क्षेत्रका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आऐपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानियले साउन २० गतेसम्म र वैदेशीक रोगारीमा रहेका नेपालीले ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।