काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट


काठमाडौं । काठमाडौं महानगरपालीकाले २५ अर्ब ७६ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार महानगरकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औं अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२र०८३ का लागि २५ अर्ब ७६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

उनले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।