अब बैंकले २५ करोड रुपैयाँसम्म सेयर धितो कर्जा दिने

714
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्तिलाई २५ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर बजारप्रति उदार देखिएका हुन् । यसअघि १५ करोड रहेको सेयर धितो कर्जाको सीमा १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्याइएको हो ।