
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउनेगरी मौद्रिक नीति आउनुपर्ने बताएका छन् । बजेट र मौद्रिक नीतिमाको समयन्वय भएरै आउने उनले विश्वास व्यक्त गरे।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै ढकालले निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिने भन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताए ।
ढकालले बजेट स्प्रिटअनुसार कार्यान्वयन हुनुपर्ने बताएका छन्। उच्चस्तरिय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भैसकेको उनले बताए।
सरकारले बजेटमा हवाई टिकटमा लगाएको भ्याट लगायतका विषयमा हटाउन सुझाव दिएपनि कार्यन्वयन नभएको बताए । आगामी दिनमा सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गरे।








प्रतिक्रिया