
रसुवा । तिब्बतको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिएपछि रसुवा क्षेत्रमा ठूलो जनधनको क्षति भयो ।
बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाएको छ भने धेरै स्थानमा सडक, बिजुली लगायत अवरुद्ध भएको छ ।
रसुवागढी, गोसाइँकुण्ड र टिमुरे क्षेत्रमा सडक भत्किँदा उद्धार कार्य कठिन भएको स्थानीय प्रशासनले जनाएको छ । हालसम्म १३६ जनाको उद्धार गरिएको छ, जसमा १२७ जना विदेशी छन् ।
९ शव फेला परेका छन् भने १९ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
टिमुरेस्थित सुक्खा बन्दरगाह, ४ जलविद्युत् आयोजना, २४ कन्टेनर, ६ ट्रक र ३५ ईभी गाडी बाढीले जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । बाढीले सडक अवरुद्ध हुँदा राहत सामग्री पुर्याउन समस्या भइरहेको छ ।
१० स्थानमा १ हजार १०० मिटर सडक क्षति पुगेको प्रशासनको भनाइ छ ।
भिडियो/तस्बिर: क्लिकमान्डु/नेपाल फोटो लाइब्रेरी

































प्रतिक्रिया