
काठमाडौं । सयपत्री हाइड्रोपावरले हकप्रदबाट प्राप्त रकम अर्को कम्पनीमा लगानी गर्ने भएको छ ।
कम्पनीको वार्षिक साधारणसभाले सतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्दै यस्तो योजनालाई पनि अनुमोदन गरेको हो ।
हकप्रदबाट आएको रकम कम्पनीले सुरुमा २.५ मेगावाट क्षमताको दरमखोला ए जलविद्युत आयोजनाको मर्मत र सम्भारमा खर्च गर्नेछ ।
यसैगरी बाँकी रकम उपयुक्त ऊर्जा कम्पनीमा लगानी गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने साधारणसभाको निर्णय छ ।
हकप्रद जारी भएपछि कम्पनीको चुक्तापुँजी ३० करोड रुपैयाँबाट ६० करोड रुपैयाँ हुनेछ ।








प्रतिक्रिया