डेडिकेटेड ट्रंक लाइनको विवाद समाधानउन्मुख, पुरावलोकनका लागि ४६ वटा निवेदन: हितेन्द्रदेव

0
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड ट्रंक लाइनको विवाद समाधान उन्मुख भएको बताएका छन् ।

४६ वटा उद्योगले पुरावलोकनका लागि निवेदन दिएको उनले जानकारी दिए ।

‘लामो समयको अन्योलपछि समाधानको बाटोमा छ । ४६ वटाको पुरावलोकनको निवेदन परेको छ । पुरावलोकन कमिटिले पुनरावलोकन सम्बन्धि कार्य गरिरहेकोले निश्चित समयभित्रै समस्याको समाधान हुने अवस्थामा रहेको छ,’ उनले भने ।

१०० दिनको उपलब्धि सार्वजनिक गर्ने क्रममा शाक्यले आफूले गरेको कामको विवरण सर्वजनिक गरेका छन् । ‘विगतदेखि हुँदै आएको काम सम्पन्न गर्ने, माथिल्लो तामाकोशीमा गजुर हाल्ने जस्तो काम आफूले गरेको छ ।’

विगतमा हुँदै आएको कामलाई पूर्णता दिने काम आफूले गरेको उनले बताए । वर्षोदेखि भएको काम पछिल्लो तीन महिनामा मात्रै नभएको भन्दै कतिपय काम अन्तिम समयमा पुगेर अड्किने गरेको उनले बताए ।