
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले चीनको तिब्बतमा उत्पत्ति भएको ल्हेन्दे नदीमा आएको बाढीले रसुवामा रहेको जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको बताएका छन् ।
उनले रसुवाको चिलिमेमा पहिलो पटक क्षति भएको बताए । पानीको सतह घट्नासाथ सो आयोजनाको सफाइको काम सुरु गरिने र दुई दिन दिनमै चिलिमेलाई सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको बताए ।
चिलिमे केही दिनमा मात्रै बन्द हुने र तत्काल सुरुवात गरिहाल्न सकिने अवस्थाको छ भने त्रिशुली थ्रीबी र त्रिशुली थ्रिएमा भने ठूलो क्षति भएको छ ।
त्रिशुली थ्रिबीको सब स्टेनसनको बैकल्पिक टावर प्रयोगविहिन थियो जुन बगाएको छ भने त्रिशुली थ्रीएको २३१ केबीको ग्यान्ट्रि र वेव बगाएर क्षति भएको पनि शाक्यले बताए ।










प्रतिक्रिया