
काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौंदीमा मंगलबार बिहान अन्त्येष्टि गरिँदै गरेको चिता त्रिशूली नदीको बाढीले बगाएको छ ।
बिहान ५ बजे निधन भएका एक जनाको शवलाई नदी किनारमा अन्त्येष्टिका लागि लगिएको थियो । बिहान साढे ९ बजेतिर अचानक त्रिशूलीमा पानीको सतह बढेपछि जलिरहेको शवको बाँकी अवशेषसहित चिता नै बगाएको हो ।
‘शव प्रायः जलिसकेको भए पनि चिता बाँकी थियो तर त्यसैबेला एक्कासी बाढी आउँदा बगाएको हो ।
त्रिशूली नदीमा आएको बाढीको असर चीनबाट आएको बाढीको प्रभावका कारण देखिएको हो। सोही बाढीले रसुवामा कम्तीमा १८ जना बेपत्ता बनाएको छ, जसमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र ३ जना प्रहरी छन्।
रसुवामा आएको बाढीले रसुवागढी जलविद्युत आयोजना, भन्सार कार्यालय र सुख्खा बन्दरगाहमा समेत क्षति पुर्याएको छ । त्यहाँ पार्किङ गरिएको सातवटा विद्युतीय सवारीसाधन पनि बगेका छन्।








प्रतिक्रिया