साइकल चढेर पर्यटक आउँदैनन्, जहाज चाहिन्छः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरु रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले पर्यटक ल्याउँछु भन्दै गर्दा केही कुरामा ध्यान दिन जरुरी रहेको बताए ।

साइकल चढेर कोही पर्यटकहरु नआउने र त्यसका लागि जहाज किन्न जरुरी रहेको प्रधानमन्त्रीको भनाइ छ ।

राम्रा विमानस्थलहरु आवश्यक रहेको र जहाज चढ्ने वातावरण जरुरी रहेको बताउँदै उनले पर्यटन क्षेत्र फस्टाउन पर्यटकमैत्री वातावरण जरुरी रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरु नेपालमा छन् । दुई चार वटा कुरामा ध्यान दिनुपर्छ । साइकल चढेर कोही आउँदैन । जहाज चाहिन्छ । राम्रा एयरपोर्ट चाहिन्छन् । राम्रा प्लेन चाहिन्छ । प्लेन चढ्ने वातावरण चाहिन्छ । टुरिजम फस्टाउने, टुरिस्टमैत्री वातावरण चाहिन्छ । टुरिस्ट किन आउने भन्नेकुरा उनीहरुले थाहा पाउनुपर्छ । मान्छेले देख्नु भनेको सामान्य कुरा होइन । कहिले कहिले देख्नु भनेको असामान्य कुरा हो ।’