
काठमाडौं । अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओमा आवेदन दिने अवधि ४ दिन मात्रै कायम भएको छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकामा संशोधन गर्दै साउन १ देखि लागू हुनेगरी उक्त व्यवस्था गरेको हो । हाल वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि आईपीओमा आवेदन दिने अवधि १५ दिन छ ।
‘विदेशमा बसी रोजगार गरेका नेपालीहरुलाई छुट्याईएको सेयरका लागि दरखास्त दिन खुला रहने विद्यमान १५ दिनको अवधिलाई परिमार्जन गरी कम्तिमा चार कार्यदिन कायम गरिएको र सो अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा उक्त समयावधि खुल्ला भएको मितिले १५ दिन सम्म कायम रहने व्यवस्था गरिएको छ’ संशोधित निर्देशिकामा भनिएको छ ।










प्रतिक्रिया