
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रिफरेन्सियल सेयर जारी गर्ने अनुमति दिने भएको छ ।
बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट (नवौं संशोधन) निर्देशिका, २०८२ लागू गर्दै यस्तो व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गरेसँगै बोर्डमा आवेदन दिएका बैंकको अनुमति दिने प्रक्रिया अघि बढ्नेछ ।
नेपाल राष्ट्र बैंकबाट निष्काशनको अनुमति पाएर हाल नबिल बैंक, कामना सेवा विकास बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनआईसी एशिया बैंक स्वीकृतिका लागि बोर्ड पुगेका छन् । बोर्डले उनीहरूले प्रस्ताव गरेअनुसार प्रिफरेन्सियल सेयरलाई नचिन्ने भन्दै सेयर जारी गर्ने प्रक्रिया रोकिएको थियो ।








प्रतिक्रिया