निजी क्षेत्रलाई सँगै लिएर ट्रान्समिसन लाइन बनाउने गरी सरकार अघि बढेको छः मन्त्री खड्का


काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई सँगै लिएर ट्रान्समिसन लाइन बनाउने गरी सरकार अघि बढेको बताएका छन् ।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले सबै ठाउँमा ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर अघि बढ्ने गरी सरकार अघि बढिरहेको बताए ।

सरकारले एक्लै ट्रान्समिसन लाइन बनाउन नसक्ने ठानेर नै सरकारले निजी क्षेत्रलाई पनि ट्रान्समिसन लाइन बनाउने किसिमले आवद्ध गरेर अघि बढेको उनको भनाइ छ ।

विद्युत विधेयक रोक्नुपर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ छ ।

‘अहिले पनि हामी सबै ठाउँमा ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर, बजारको सुनिश्चितता हामीसँग छ । ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर हामी यस कामलाई अघि बढाइरहेका छौँ । यो टेक अर पेमै हुन्छ । अहिले सरकारले एक्लै ट्रान्समिसन लाइन बनाउन सकेन । त्यसैले हामीले प्राइभेट क्षेत्रलाई पनि ट्रान्समिसन लाइन बनाउने किसिमको आवद्ध गरेर अघि बढाइसकेका छौँ,’ उनले भने, ‘अब ट्रान्समिसन लाइनको पनि समस्या हुँदैन । अलग ढंगले व्याख्या भएका कारणले केही दुविधा सिर्जना भएको हो । त्यो कुरा सम्बोधन भइसकेको छ । विद्युत विधेयक रोक्नुपर्ने कुनै आवश्यकता छैन । न मन्त्रालय र सरकारको धारणा छ, न समितिको । यो भन्दा अघि पनि जलस्रोत विधेयक टुंग्याइहालौँ भन्नेगरी अघि बढेका हौँ । अहिले पनि नविकरणीय उर्जा र विद्युत विधयेक हामी कहाँ छ । यसलाई एकै चोटी गरौँ । नविकरणीय उर्जामा धेरै छलफल भइसकेकाले यसमा धेरै छलफलको आवश्यक छैन जस्तो लाग्छ ।’

Skip This